पार्टी हेर्दैनौ व्यक्ति हेर्छौं, हाम्रो रोजाइ नरेन्द्र न्यौपाने- व्यवसायी

  ।   २०७९ बैशाख १३, मंगलवार १०:४२

नेपालगन्ज । कोहलपुरका व्यापारी उद्धमीले पार्टी भन्दा पनि सक्षम व्यक्तिलाइ भोट दिने बताएका छन् । व्यापारीहरुले रोजाइ गलत भयो भने पछुतो मात्र हुन्छ भन्दै पार्टीभन्दा माथी उठेर गोलाकार भित्रको हसिया हतौडा चुनाव चिन्ह भएका नरेन्द्र न्यौपानेलाई नै भोट हलिन्छ भन्ने गरेका छन् ।

नरेन्द्र न्यौपाने नै किन, खिल प्रसाद, पुर्ण आचार्य पनि त छन् भन्ने पर्श्नको उत्तरमा व्यापारीहरुले बताए,´ हजुर हामी पार्टी संग मत्लब गर्दैनौ, पुर्ण जि परिपक्व भएनन्, खिलाले आफ्नो इमेज बनाउन सकेनन् त्यसैले नरेन्द्र भन्ने मान्छे नै योग्य, युवा, पढेलेखेको र कोहलपुरलाई अलि विकास गरेर लैजाने नेताको रुपमा जनताले लिएका छन् । त्यसैले यतिखेर चाहिँ नरेन्द्र भन्ने पात्र नै उपयुक्त छ ।` बैशाख १२ गते कोहलपुरका १ सय ५० उद्धमी व्यापारीहरु मध्य पचहत्तर प्रतिशत उद्धमी व्यापारीले माओवादी केन्द्रका नेता तथा कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार न्यौपानेको पक्षमा मतदान गरेर विजयी हुने बतायका छन् । नेता न्यौपाने विध्यार्थीका केन्द्रिय अध्यक्ष पनि भैसकेका हुन् । गत चुनाव मै जितको नजिक पुगेका न्यौपाने यसपटक भने कोहलपुरका जनताले एकपक्षीय रुपमै मतदान गर्ने हल्ला चलेको व्यापारीहरुले गुड न्युज खबर संगको कुराकानीमा बताए ।

कोहलपुरका जनता बीच लोकप्रिय बन्दै गएका न्यौपान मर्दा पर्दाका सारथी हुन भन्दै कोहलपुर बर्दाहवाका युवा व्यवसायी पवन चौधरीले बताए । उनले भने यत्तिको सहयोगी नेता यो युगमा पाउन कठिन छ । यस्ता अर्का एक व्यवसायीले भने ´चाहे जे होस्, माओवादी-खाओबादी संग मत्लव छैन तर नरेन्द्र न्यौपाने भन्ने मान्छेलाई मतदान गर्छु ।` ´तपाई माओवादी रहेछ है` भन्ने प्रश्नको उत्तरमा तिनी व्यवसायीले झर्किदै भने,´ म नरेन्द्र भन्ने मान्छेलाई, चिन्दिन तर नरेन्द्र भन्ने मान्छे राम्रो छ रे । कोहलपुरमा नरेन्द्र राम्रो मान्छे भन्ने हल्ला व्यापक छ ।` कोहलपुरको रोजाईमा नरेन्द्र न्यौपाने नै अब्बल रहेको कोहलपुर बासीको मुल्यांकन छ भन्ने हल्ला व्यापक छ ।

Next Post

लकडाउनमा सर्वसाधारणको चुलो सल्काउने नेता न्यौपाने ब्याटल युद्धमा

२०७९ बैशाख १३, मंगलवार १०:४२
नेपालगन्ज ! कोहलपुर नगरीलाई माया गर्ने किसान परिवारमा जन्मे हुर्केका नरेन्द्र न्यौपाने यतिखेर ब्याटल युद्ध मैदानमा लड्दै छन् । देश कोरोना संक्रमणको युद्धमा लडिरहेका बेला नरेन्द्र सर्वसाधारण गरिव जनताको चुलो सल्काउने काममा ब्यस्त थिए । देशैभर लकडाउन थियो । आकाशमा काग पनि उड्न डराउने अवस्था थियो । महिनौ दिनको लकडाउनले […]