संवाददाता, नेपालगंज।
यस क्षेत्रकै ठुलो र सरकारी स्वामित्वको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा अब ‘क्याम्पस पोशाक’ अनिवार्य गर्न लागीएको छ । ‘क्याम्पस पोशाक’ समितिले तोके बमोजिम शैक्षिक कार्यक्रम अनुसार लोगो फरक–फरक हुनेछ ।
त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पसका रुपमा रहेको महेन्द्रमा यसका साथै स्नातक तहका अधिकांश कक्षाहरु बिहानी सत्रमा चलाउने तयारी छ ।
करिब साढे ६ हजार विद्यार्थी रहेको महेन्द्र बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई राम्रो बनाउन शिक्षकको संख्या थप्ने देखी फर्निचर, छात्राहरुको लागी छात्रावासको निर्माण, छात्र छात्रवासको ब्यवस्थापन लगायतका योजना प्रक्रियामा रहेको क्याम्पस प्रमुख लालमणि आचार्यले जानकारी दिनुभयो ।
स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम संञ्चालन गरिरहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजले यस बर्ष नयाँ विद्यार्थीलाई लक्षित गरी प्रचार प्रसारको कार्यमा जोड् दिइरहेको उहाँको भनाई छ ।
क्याम्पस ब्यवस्थापन समिति, क्रियाशिल विद्यार्थी संगठन, स्थानीय सरकार लगायत, अन्य सरोकारवाला निकाय सँग समन्वय गरी आफुले क्याम्पसको भौतिक र शैक्षिक सुधार गरी नियमित पठनपाठनको ब्यवस्था मिलाउने प्रयास गरिरहेको प्रमुख आचार्यले बताउनुभयो ।