संवाददाता, नेपालगंज।
आज नेपालगंजमा लकडाउनको दोस्रो दिन, । बिहानै देखी बजारमा आउजाउ निकै कमी देखिएको छ । खाद्यान्न, ग्यास तथा पेट्रोल पम्प, तरकारी पसल, औषधी, अस्पतालहरु खुलेका छन ।
तर अन्य पास लिएका सार्वजनिक सवारी, विवाह, शान्ति सुरक्षा, निर्माण सामाग्री ओसारपसार गर्ने सवारी, एम्बुलेन्स लगायत बिरामी बोकेका सवारी साधानहरु मात्र सडकमा गुडेका छन ।
स्थानीय प्रशासनले अति आवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका सावधानीहरु अनिवार्य अपनाउन अपिल गरिरहेको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका क्षेत्रमा मात्रै बुधबार राती १२ बजे देखी यही वैशाख १५ गते राती १२ बजेसम्म लकडाउन जारी गरिएकोे छ ।
यसैबीच बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको खबर सार्वजनिक भएको छ ।
आज बिहान प्राप्त अर्को खबर अनुसार नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बनगाड ३ सल्यानका ५६ बर्षिय पुरुष, जानकी गाउँपालिका १ बाँकेकी ७१ बर्षिया महिला र बैजनाथ गाउँपालिका ६ बाँकेका २८ बर्षिय पुरुष रहनुभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) बाँकेका स्रोत ब्यक्ति तेज वलीले जानकारी गराउनुभएको छ ।





