लैङ्गिकमैत्री र समावेशी विद्यालय वातावरण प्रवद्र्धनकालागि शिक्षक अभिभावकलाई तालिम

  ।   २०८३ भाद्र २९, सोमबार ०९:३०

बर्दिया । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरण तथा समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बर्दियाको राजापुरमा सञ्चालित उक्त तालिममा राजापुर नगरपालिकाका पाँच वटा बिद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, प्रधानाध्यापक तथा फोकल शिक्षकहरू गरेर २० जनाको सहभागिता रहेको थियो ।

तालिमको मुख्य उद्देश्य विद्यालयका सरोकारवालाहरूको लैङ्गिक समानता, समावेशिता तथा बाल संरक्षणसम्बन्धी ज्ञान, सीप र समझदारी अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र हुने लैङ्गिक विभेद तथा असमानतालाई न्यूनीकरण गर्दै सबै बालबालिकाका लागि समान, सुरक्षित र सम्मानजनक सिकाइ वातावरण निर्माण गर्नु रहेको थियो ।

तालिममा सहभागीहरूले विद्यालय तथा कक्षाकोठामा विद्यमान लैङ्गिक मान्यता, सोच, व्यवहार र अभ्यासहरूले बालबालिकाको सहभागिता, सिकाइ तथा अवसरमा पार्न सक्ने प्रभावका बारेमा छलफल गरेका थिए ।

तालिमका क्रममा विद्यालयमा छात्र र छात्रा तथा विभिन्न पृष्ठभूमिका बालबालिकालाई समान अवसर प्रदान गर्ने, विभेदरहित व्यवहार सुनिश्चित गर्ने र प्रत्येक बालबालिकाले सुरक्षित तथा सम्मानजनक वातावरणमा सिक्ने अवसर पाउनुपर्ने विषयमा जोड दिइएको थियो । सहभागीहरूले विद्यालय तथा समुदायमा देखिने लैङ्गिक विभेद र असमानतासँग सम्बन्धित विभिन्न वास्तविक तथा काल्पनिक परिस्थितिहरूको विश्लेषण गर्दै समस्या समाधानका सम्भावित उपायहरूमाथि छलफल गरेका थिए ।

तालिमको सहजीकरण मधुवन नगरपालिका, बर्दियाका शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनाल तथा बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बी.के. ले गर्नुभएको थियो । तालिम सञ्चालन तथा व्यवस्थापनमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर प्रमिशा थारूले सहयोग गर्नुभएको थियो ।

तालिमको महत्वपूर्ण उपलब्धिका रूपमा सहभागी विद्यालयहरूले आफ्नो विद्यालयको आवश्यकता र अवस्थालाई आधार बनाएर लैङ्गिकमैत्री तथा समावेशी विद्यालय वातावरण निर्माणका लागि कार्ययोजना समेत तयार गरेका छन् । तयार गरिएको कार्ययोजनामा विद्यालयमा छात्र र छात्राको समान तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, लैङ्गिक विभेद र हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने, समावेशी तथा बालमैत्री शिक्षण सिकाइ वातावरण निर्माण गर्ने, गुनासो तथा उजुरी सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने र विद्यालयका सबै सरोकारवालाको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्ने विषयहरू समेटिएका छन् ।

तालिमका सहभागीहरूले आगामी दिनमा तयार गरिएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै सबै बालबालिकाका लागि समान अवसर र सुरक्षित सिकाइ वातावरण सुनिश्चित गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

Next Post

Spinboss Casino – Reliable Legal and Fun in UK

२०८३ भाद्र २९, सोमबार ०९:३०
Players across the United Kingdom who want a gaming spot that combines strong legality with genuine fun will find Spinboss Casino meets every requirement https://spinbosscasinos.eu/. The platform has built a name as a trustworthy, player-centric brand where fun and compliance go hand in hand. The moment you land on the […]

सम्बन्धित शीर्षक