यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू

नियुक्तीका लागि ४५ दिनसम्म कुर्नुपर्ने

  ।   २०७७ पुष ५, आईतवार १६:२८

संवैधानिक परिषद्ले रिक्त रहेका विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ती गरेको छ । गत मंसिर ३० गते भएको निर्णय आज सार्वजनिक भएको छ ।

परिषद्ले गरेका निर्णयहरु अब संसदीय सनुवाइ बेगर नै अगाडि बढ्नेछन् । तर नियुक्तीका लागि ४५ दिनसम्म कुर्नुपर्नेछ । जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राई (प्रमुख आयक्त), जयबहादुर चन्द (आयुक्त), किशोरकुमार सिलवाल (आयुक्त) सिफारिस हुनुभएको छ ।

निर्वाचन आयोगमा, वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त), डाक्टर जानकी तुलाधर (आयुक्त), राष्ट्रिय मानव अधिकार आयोगमा तपबहादुर मगर (अध्यक्ष), मनोज दवाडी (सदस्य), डाक्टर सूर्य ढुङ्गेल (सदस्य), लिली बस्नेत थापा (सदस्य), मिन ठाकुर (सदस्य), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, जुद्ध गुरुङ (सदस्य), अमर राज मिश्र (सदस्य), महिला आयोगमा कमला कुमारी पराजुली (अध्यक्ष), कृष्णकुमारी पौडेल खतिवडा (सदस्य), विद्याकुमारी सुनार (सदस्य) का सिफारिस हुनुभएको छ ।

यसैगरी दलित आयोगमा देवराज बिक (अध्यक्ष), मिना शोब (सदस्य), परशुराम रम्तेल (सदस्य), कुञ्ज बराइली (सदस्य), मेहेने पार्थी (सदस्य), समावेशी आयोगमा मानप्रसाद खत्री (अध्यक्ष), रामकृष्ण तिमिल्सिना (सदस्य), हरिदत्त जोशी (सदस्य), आदिवासी जनजाती आयोगमा रामबहादुर थापा (अध्यक्ष), मिनश्रीस मगर (सदस्य), मिनचुङ लामा (सदस्य), रिमा राना (सदस्य), शरण राइ (सदस्य), मधेशी आयोगमा जीवत्व साह (सदस्य), रेणुदेवी साह (सदस्य), विजय गुप्ता (सदस्य), थारु आयोगमा विकास चौधरी (सदस्य), बबिता चौधरी (सदस्य), सुबोध सिंह (सदस्य), भोलाराम चौधरी (सदस्य), र मुस्लिम आयोगमा मोहम्मदिन अलि (सदस्य), मिर्जा अरसद बेग (सदस्य) मा सिफारिस हुनुभएको छ ।

सेतोपाटीबाट

Next Post

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार जित, टोटेनह्यामलाई हराउँदै लेस्टर दोस्रो स्थानमा उक्लियो

२०७७ पुष ५, आईतवार १६:२८
एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ । गएराति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । टोटेनह्याम हट्सपरका टोबी एन्डेविरेल्ड आत्मघाती गोल गरेका थिए । जितसँगै लेस्टरसिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको २७ […]

सम्बन्धित समाचार