एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई हराएको छ ।
गएराति भएको खेलमा लेस्टर सिटीले टोटेनह्याम हट्सपरलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो । टोटेनह्याम हट्सपरका टोबी एन्डेविरेल्ड आत्मघाती गोल गरेका थिए ।
जितसँगै लेस्टरसिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटीको २७ अंक छ भने पहिले स्थानमा रहेको लिभरपुल ३१ अंकसहित पहिलो स्थानमा छ । टोटेनह्याम हट्सपर भने २६ अंकसहित तालिकाका्े पाँचौ स्थानमा छन । यस्तै, प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स् युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ ।
म्यानचेस्टर यनाइटेडले लिड्स युनाइटेडलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । जितपछि म्यानचेस्टर युनाइटेड २६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । लिड्स भने १७ अंक जोडेर १४ औं स्थानमा छ । यस्तै राति नै भएका अरु खेलमा एस्टोन भिल्लाले वेस्ट ब्रोमलाई ३–० गोल अन्तरले पराजित गरेको छ भने ब्राइटन र सेफिल्ड युनाइेडले एक/एक गोलको बराबरी खेलेका छन् ।