लुम्बिनी प्रदेशसभाको बैठक आज सञ्चालन होला ?

  ।   २०७८ भाद्र ७, सोमबार ०७:१३

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ । नवौँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो ।

यही भदौ ३ गतेका निर्धारित बैठक स्थगित गरी आजका लागि तय गरिएको हो । नवौँ अधिवेशन भदौ १ देखि सुरु भए पनि दुई सांसदका कारण प्रदेशसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ ।

प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला वलीको विषयलाई लिएर नेकपा (एमाले)ले बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । एमालेले विनाविभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाइएको थियो ।

लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ । एमालेले त्यसमा रोष प्रकट गरिसकेको छ ।

उनीहरू दुवैजना तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित हुन् ।

प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा अहिले ८० सांसद छन् ।

Next Post

मनसुन थप सक्रिय : धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च

२०७८ भाद्र ७, सोमबार ०७:१३
काठमाडौं । मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ । यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार […]