राप्ती सोनारी र नरैनापुरको विद्युत बिस्तारले छिटै पूर्णता पाउँछ: मन्त्री बस्नेत

  ।   २०८० आश्विन १०, बुधबार ०७:२२


बाँके । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जा  मन्त्री शक्ति बहादुर बस्नेतले राप्ती सोनारी र नरैनापुर क्षेत्रका हरेका टोल टोलमा विद्युतलाई बिस्तार गरिने बताउनु भएको छ । माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत मंगलबार बाँकेको राप्तीसोनारी र नरैनापुर पालिकामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी मन्त्री बस्नेतले मेनलाइन बिस्तार भई सकेको भएपनि टोल टोलमा विद्युत बिस्तार गरिने बतानु भयो ।

सो क्रममा उहाँले राप्ती नदिको डुबान तथा कटान नियन्त्रणका लागी बनेको स्थाई तटबन्धका लागी आवश्यक बजेट बिनियोजन गर्ने , सिक्टा सिँचाइ आयोजना र भूमिगत सिँचाइको पर्याप्त व्यवस्था गरिने प्रतिबद्धता जनाउनु भयो । राप्ती सोनारी ६ को फत्तेपुरमा आयोजित कार्यक्रममा उहाँले संविधानको कार्यन्वयन बाट विकास र समृद्धिको लक्ष्य हासिल गरिने बताउनु भयो । उहाँले राप्ती सोनरी क्षेत्रका मुख्य समस्याको रुपमा रहेको नदि कटान तथा डुबान नियन्त्रण र विद्युत बिस्तारको काम लाई प्राथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले भूमिहीन दलित र सुकुम्बासी लगायत अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्न सरकार लागी परेको जानकारी दिनु भयो ।

नरैनापुर गाउँपालिकामै आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले त्यस क्षेत्रको विकासका लागी आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । उहांँले विद्युत बिस्तार , राप्ती नदि तटबन्ध , सिक्टा पुर्वी नहर र भूमिगत पानी मार्फत सिँचाइका लागी पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका  लुम्बिनी प्रदेश पूर्व मुख्य मन्त्री कुल बहादुर केसी राप्ती सोनारी र नरैनापुरको विकासका लागी माओवादी केन्द्रले विगतमा जस्तै पहलकदमी लिने बताउनु भयो । कार्यक्रममा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले एक जनप्रतिनिधिका हिसाब आफू प्रदेश र केन्द्र सरकारसँग विकासको पहल गरि राखेको बताउनु भयो ।

माओवादी नेता प्रकाश सुवेदी , अशोक रोकाय , दुर्गा बहादुर थारू कबीर , माओवादी केन्द्र बाँके संयोजक नरेन्द्र पाण्डे जेम्स , सचिव डिल्ली बराल प्रदेश समिति सदस्य तथा युवा नेता दामोदर अधिकारी लगायतको उपस्थिति रहेको  थियो । कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ता तथा आम जनताको उल्लेख्य सहभागिता रहेको थियो ।          यस्तै नरैनापुरमा मन्त्री शक्ति बहादुर बस्नेत लाई नरैनापुर गाउँपालिका र वडा नं १ का तर्फबाट सम्मान गरिएको छ । सो क्रममा नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाह , वडा अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।

Next Post

राप्तिसोनारीमा आतंक मच्चाउने पाटे बाघ मृत अवस्थामा भेटियो

२०८० आश्विन १०, बुधबार ०७:२२
बाँके । बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि आतङ्क मच्चाउँदै आएको पाटे बाघ एक्कासि मृत अवस्थामा भेटिएको छ । विगत एक हप्तादेखि राप्तीसोनारी –२ मदुईका स्थानीय बासिन्दाका घरपालुवा पशुमाथि दैनिक जसो आक्रमण गरी मारेर खाइदिने तथा घाइते बनाएर छोड्ने गरेको पाटे बाघ मङ्गलबार राती […]