नेपालगन्ज । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस खजुराका गठबन्धनका उम्मेदवार डम्बर बिक तुफान खजुराबासीका आगनमा मत माग्न जानू भएको छ । खजुराबासीका प्यारा नेता नेकपा माओवादी केन्द्र बाँके समन्वय समितिका संयोजक समेत रहनु भएका नेता तुफान तुफान जस्तै कुद्न थाल्नु भएको छ ।
तुफान मात्र नभएर उपाध्यक्ष मल्ल लगयत गठबन्धनका नेता कार्यकर्ता जनताको आगनमा जान थाल्नु भएको छ । तुफान कै पक्षमा माहोल देखिएपछि खजुराबासी स्वतस्फूर्त तरिकाले तुफानलाइ मतदान गर्ने खजुराबासीले मतो गरेको एक जानकार बुज्रुकले गुडन्युज खबरलाइ बतानु भयो । अरुका ५ बर्ष हेरियो अबको पालो तुफानको भनेर जनताहरु हल्ला र सल्लाह गर्न थाले आवाज उठिरहेको छ ।
´गत चुनावमै जिताउनु पर्ने मान्छे हो तुफानलाई,` गौघाटकी सीता बिक ले बताउनु भयो । यस्तै डिगाउका हर्क बिकले बताउनुभयो,´ तुफनको विकल्पमा अरु छदै छैनन्, त्यसैले यसपटक तुफानको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हतौडा र उपाध्यक्ष मल्लको चुनाव चिन्ह रुखमा मतदान गरिन्छ ।` खजुराबासीमा एक प्रकारको लहरै आएको चुनाव प्रचारप्रसारमा लागेका नेता कार्यकर्ताहरुले पनि सुनाए ।