नेकपालाई बिघटनको दिशातर्फ जान नदिन शीर्ष नेतृत्वको ध्यानाकर्षण

  ।   २०७७ मंसिर १९, शुक्रबार १८:४९

संवाददाता, नेपालगंज
राष्ट्रिय युवा संघ बैजनाथ गाउँपालिका कमिटी (बाँके) को आयोजनामा आज प्रभात मावि जि गाउँमा बृहद रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालका अनुसार दिउँसो ३ बजेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रत्न खत्री, डम्बर विक (तुफान), रेणुका खड्का, अव्दुल हुसेन खाँ लगायत दुईसय बढिले रक्तदान गर्नुभएको छ ।

संघका बैजनाथ गाउँपालिका कमिटीका संयोजक अगन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, पूर्व संविधानसभा सदस्य दल बहादुर सुनार, नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य निरक गुरुङ, संघका जिल्ला इन्चार्ज सुरज जागा, सुनिल रसाईली लगायतले मन्तव्य ब्यक्त गर्दै नेकपालाई कुनैपनि हालतमा बिघटनको दिशातर्फ जान नदिन शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।

अपडेट…

Next Post

बढैयातालमा अपांगता बिशेष कार्यक्रम

२०७७ मंसिर १९, शुक्रबार १८:४९
संवाददाता, बढैयाताल। बर्दियाको बढैयातालमा आज ‘कोभिड–१९ पश्चात उत्कृष्ट पुनरागमनको सुनिश्चिता अपांगता भएका ब्यक्तिको लागि पहुँच र दिगो बिकासका लागि हामी सबैको प्र्रतिबद्धता’ भन्ने मुल नाराका साथ २९ आंै अन्र्तराष्ट्रिय अपांगता दिवश मनाइएको छ । बढैयाताल गाउँपालिका (महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा) र पालिका स्तरीय अपांगता समन्वय समितिको संयुक्त आयोजनमा […]