जसपाको ठाकुर–महतो समूहको बैठक आज बस्दै, पार्टीको आधिकारिकता विवादबारे छलफल गर्ने तयारी

  ।   २०७८ असार १६, बुधबार ०८:०३

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने जनाइएको छ । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ ।

जसको दबाब ठाकुर–महतो पक्षलाई बढी नै देखिन्छ । आफ्नै समुहका नेताहरुबिच असन्तुष्टि बढेपछि ठाकुर पक्षमा समस्या चुलिएको छ ।

सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि बढेको थियो ।

अहिले बाहिर नै प्रकट भइरहेको छ । अर्कातिर पार्टीको विवाद निर्वाचन आयोगले टुंगो लगाउने प्रक्रियामा छिरेर २२ असारमा दुवै पक्षलाई बोलाएको छ ।

Next Post

अत्यधिक गर्मीले क्यानडामा ६० जनाको मृत्यु

२०७८ असार १६, बुधबार ०८:०३
एजेन्सी । अत्यधिक गर्मीले क्यानडामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरुका अनुसार पछिल्लो दुई दिनमा ६० भन्दा बढीको आकस्मिक मृत्यु भएको खबर आएको छ […]