बाँकेको जानकीमा अबैध काठ बरामद

  ।   २०८० पुष २५, बुधबार ०९:४१

सबिता चन्द

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ बकसपुरमा रहेको भेरी स:मिलबाट अबैध सालको काठ नियन्त्रणमा लिइएको छ । अबैध सालको काठ चिरान भैरहेको सूचना पाएपछि सो काठ नियन्त्रणमा लिइएको हो ।

मंगलबार दिउँसो २ बजे नेपालगन्ज सबडिभिडजन वन कार्यालय र डिभिजन वन कार्यालय सब डिभिजन रक्षक शाखाको संयुक्त टोलीले अबैध सलको चिरान काठ १८ थानको ७.९८ क्यु.फि. र स: मील धनी बिष्णु कुमार बर्मालाई नियन्त्रणमा लिएको नेपालगन्ज सब डिभिजन वन कार्यालयका अधिकृत नारायण पार्धेले बताउनु भयो ।

अधिकृत पार्धेले मील धनी बर्मालाई समेत अनुसन्धानको लागि अगाडि बढाएको बताउनु भयो ।

Next Post

आन्दोलनमा उत्रिए इलेक्ट्रोनिक रिक्सा व्यवसायी

२०८० पुष २५, बुधबार ०९:४१
नेपालगन्ज । इलेक्ट्रीक रिक्सा ब्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी आन्दोलन गरेका छन् । उपमहानगरपालिकाले इलेक्ट्रीक रिक्सामाथी डोजर चलाएर गरिवको गाँस खोसेको भन्दै इलेक्ट्रीक रिक्सा ब्यवसायी संघ बाँकेको अगुवाईमा बुधबार बिहान ११ः३० बजेदेखी आन्दोलित गरेका हुन् । कागजपत्र नभएका ‘अबैध’ इलेक्ट्रीक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयले मंगलबार डोजर चलाएको थियो । […]

सम्बन्धित समाचार