नेपालगन्ज ३ मा बिहानैदेखि जनसम्पर्क—खानेपानी समाधानको प्रतिबद्धतासहित बिष्टलगायत समानुपातिक उम्मेदवार मैदानमा

  ।   २०८२ माघ १३, मंगलवार १२:३७


सबिता चन्द

नेपालगन्ज। बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट आज बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मतदाता भेटघाटमा सक्रिय रहनुभएको छ। घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाताको आशिर्वाद लिँदै उहाँले दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

उहाँसँगै समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुन पनि मतदाता भेटघाटमा सहभागी हुँदै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। उहाँहरुले समावेशी विकास, सामाजिक न्याय र आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न संसदभित्र सशक्त भूमिका खेल्ने विश्वास दिलाए।स्थानीयसँगको संवादमा उम्मेदवार बिष्टले वडा नं. ३ ले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावलाई गम्भीर चुनौतीका रूपमा लिँदै नीतिगत पहल, बजेट सुनिश्चितता र कार्यान्वयनको ठोस योजना अघि बढाउने बताउनुभयो। “खानेपानी नागरिकको आधारभूत अधिकार हो, यसको समाधान बिना विकास अधुरो हुन्छ,” उहाँको भनाइ थियो।

समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जमिया खातुनले महिला, अल्पसंख्यक र पछाडि पारिएका समुदायका आवाजलाई नीतिनिर्माणसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आवश्यकता अनुसारको नीति निर्माणमा जोड दिनुभयो। मतदाताहरूले उम्मेदवारहरूको सामूहिक उपस्थिति, सरल संवाद र स्पष्ट प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएका छन्। वडा नं. ३ मा देखिएको बिहानैदेखिको सक्रियताले चुनावी माहोल थप उर्जाशील बनेको छ। यो जनसम्पर्क अभियानले बाँके क्षेत्र नं. २ मा समाधानमुखी र समावेशी राजनीतिप्रति बढ्दो जनविश्वासलाई झल्काएको छ।

Next Post

नेपालगन्ज-२ र ६ मा चुनावी उत्साह-दिपेन्द्र बिष्टद्वारा सम्पर्क कार्यालय उद्घाटन

२०८२ माघ १३, मंगलवार १२:३७
सबिता चन्द नेपालगन्ज। बाँके क्षेत्र नं. २ मा चुनावी माहोल थप तातिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आज नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ र वडा नं. ६ मा प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै जनसम्पर्क अभियानले नयाँ गति पाएको हो । उद्घाटन कार्यक्रममा समानुपातिक तर्फका […]