एजेन्सी । भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री भएको छ।
अमेरिकी कम्पनी ब्रिस्टलले गरेको गान्धीको चस्मा यति महंगो रकममा लिलाम गरेको हो । बीबीसी हिन्दीका अनुसार सो चस्मा अमेरिकाको एक संग्रहकर्ताले खरिद गरेका छन् ।
लिलामी एजेन्सी ब्रिस्टलका अनुसार गान्धीको चस्मा ३ अगस्टमा एक व्यक्तिले खाममा हालेर कम्पनीलाई दिएका थिए । त्यतिखेर कम्पनीका एन्ड्य्रु स्टोले सो चस्मा कम्तिमा १४ लाख रुपैयाँमा बिक्री हुने बताएका थिए । चस्मा लिलामीमा दिएका व्यक्तिले प्राप्त रकम आफु र आफ्नी छोरीबीच बाँड्ने बताएका छन् ।
आफू सन् १९१० देखि १०३० सम्म दक्षिण अफ्रिकामा हुँदा आफ्ना काकाले गान्धीको चस्मा दिएको उनले दावी गरेका छन् । गान्धी आफ्नो युवा उमेरमा कानुनी पेशा गर्न अफ्रिका पुगेका थिए। थाहाखबर