नेपालगन्ज । प्रेस संगठन बाँकेले शनिवार पूर्व अध्यक्ष एवं केन्द्रीय पदाधिकारीहरुसंग छलफल गरेको छ । सांगठनिक गतिविधि र पत्रकारितालाई कसरी क्रियाशिल बनाउन सकिन्छ भन्ने विषयमा छलफल आयोजना गरिएको संयोजक डक्ट धितालले जानकारी दिनुभयो । साविक प्रेस चौतारी र प्रेस सेन्टरका पूर्व अध्यक्ष र पूर्व केन्द्रीय पदाधिकारीहरु छलफलमा सहभागि हुनुभएको थियो ।
छलफलमा सहभागिहरुले प्रेस संगठनलाई क्रियाशिल बनाउनका लागि सदस्यहरुलाई पत्रकारितामा पनि क्रियाशिल बन्न सुझाव दिनुभयो । छलफलमा नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव समेत रहनु भएका पूर्व अध्यक्ष भेषराज बस्नेत, संगठनका पूर्व अध्यक्ष कृष्ण अधिकारी, सुरेन्द्र काफ्ले, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष एवं पूर्व रुद्र सुवेदी, महासंघ बाँकेका अध्यक्ष तथा संगठनका पूर्व अध्यक्ष ठाकुर सिंह थारु, सुशिल लामिछाने, प्रदिप वाग्ले, पूर्व केन्द्रिय पदाधिकारी अक्षरी पोखरेल लगायतको सहभागिता रहेको थियो ।
संगठमालाई चुस्त र दुरुस्त राख्न संगठनले खेल्नु पर्ने भूमिकाको बिषयमा निकै छलफल भएको संगठन स्रोतले जनाएको छ भने संगठनले पत्रकार महासंघ बाँकेबाट छुट्नु भएका २८ जना सदस्यहरुलाइ संगठनले कोरोना बिमा गरिदिएको पनि अध्यक्ष धितालले जानकारी दिनुभयो ।