भोलि भदौ ७ गते बाँकेका ४६ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै

  ।   २०७७ भाद्र ६, शनिबार २२:५४

नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट भोलि आइतबार ४६ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किदै छन् । जनस्वास्थ्य फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार ९ जना महिला र ३७ जना पुरुष रहेका हुन् ।

हालसम्म बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय २१ पुगेको छ । जसमध्ये ६ सय १४ जना डिस्चार्ज भएका छन् भने २ सय ३ जना बाँकेका विभिन्न आइसोलेसन केन्द्रमा उपचाररत छन् । आइसोलेसनका २ सय ३ छोडेर बाहिरी जिल्लाका ४ जना अन्य संक्रमित छन् । ४ जना संक्रमितको मृत्यु भैसकेको छ ।

Next Post

कोभिड- १९ का बिरामीलाई भर्ना गर्नुअघि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने

२०७७ भाद्र ६, शनिबार २२:५४
नेपालगन्ज । कोरोनाभाइरस (कोभिड– १९) का लागि तोकिएका आइसोलेसन र आइसियू बेडमा बिरामी भर्ना गर्दा काठमाडौं उपत्यकाका अस्पतालहरूले स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना गर्नुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो। ‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका […]