काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री ओली प्रवृत्ति निकै घातक हुने बताउनु भएको छ । उहाँले सोमबार बेलुका ट्विट गर्दै देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति भएको उल्लेख गर्नुभएको छ ।
सत्तारुढ नेकपाभित्र देखिएको चरम अन्तरकलह र विवादप्रति जसपाका नेतासमेत रहेका भट्टराईले प्रतिदिनजस्तो ट्विट गर्दै आउनु भएको छ ।
सरकार भ्रष्ट भएको र पार्टीभित्र प्रधानमन्त्री ओलीकै कारण कलह सुरु भएको उहाँले बताइ रहनु भएको छ । प्रधानमन्त्रीकै कारण देश बर्बादीमा जान थालेको उहाँको भनाइ छ। सोमबारको ट्विटमा पनि उहाँ प्रधानमन्त्री ओलीविरुद्ध यसरी खनिए–