कोरोनाविरुद्धका खोपहरु वितरणमा विभेद हुनसक्ने डब्लुएचओको चिन्ता

  ।   २०७७ मंसिर ९, मंगलवार ०८:०४

एजेन्सी । अमेरिकालगायतका विभिन्न मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेका बेला यसको वितरणमा हुने विभेदलाई लिएर चिन्ता हुन थालेको छ ।

सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोपको सर्वसुलभता र पँहुच पुर्‍याउन चुनौती रहेको सरोकारवालाहरुले औंल्याएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेङेडस अधानोम गेब्रेयसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने बताउनुभएको हो ।

उहाँले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोनाविरुद्धको खोप पुर्‍याउन करोडौं डलरको साझा कोषको आवश्यकता रहेको बताउनुभएको छ ।

उहाँले विभिन्न खोपको सफल जारी रहेकाले उक्त खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेका बताउनुभएको हो ।

अमेरिकाको अक्सफोर्ड विश्वविद्यालले परीक्षण गरीरहेका विभिन्न खोपहरुको प्रभावकारीता बढी रहेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

ती खोपहरुले ९० प्रतिशतसम्म प्रभावकारीता देखाएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।

डब्लुएचओका प्रमुख डा. टेड्रोसले भ्याक्सीनको परीक्षणले ल्याउन सकारात्मक नतिजाको प्रतीक्षामा आफू रहेको बताउनुभएको छ ।

यसअघि कुनै पनि खोपहरु छोटो समयमा विकसित नभएको भन्दै उहाँले कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा अझै अनुसन्धान जारी रहेको बताउनुभयो ।

डब्लुएचओले यसअघि देखि नै कोरोना महमामारीविरुद्धको लडाइ सामुहिक रुपमा हुनुपर्ने बताउँदै आएको छ ।

उसले धनी र शक्तिशाली राष्ट्रहरुले गरिब र पीडित नागरिकहरुको उपचारका लागि प्रथमिकता दिनुपर्नेमा जोड दिँदै आएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारत, युरोपियन युनियन, अमेरिका, क्यानडा र बलायतले कोरोनाविरुद्धको खोपान बढी चासो देखाएका छन् ।

यता डब्लुएचओले कोरोना खोपको समान रुपमा वितरण हुनुपर्ने बताउँदै आएको छ ।

सन् २०२१ को अन्त्यसम्ममा विश्वभर उक्त खोप वितरण थाल्ने डब्लुएचओले जनाएको छ ।

Next Post

वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसक्यो : विप्लव

२०७७ मंसिर ९, मंगलवार ०८:०४
सातौं पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाका महासचिव विप्लवले बिशेष अन्र्तवार्ता मार्फत बर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्णरुपमा असफल भइसकेको भन्दै नयाँ र वैज्ञानिक समाजवादी ब्यवस्था स्थापनाका लागी नेपालका सबै क्रान्तिकारी, देशभक्त युवाहरु, देशलाई माया गर्ने शक्तिहरु एकजुट भएर लड्न आह्वान गर्नुभएको छ । भिडियो अन्र्तवार्ता हेर्नुहोस । क्लिक ई-रातो खबरबाट