२४ घण्टामा १ हजार ६७४ जनामा कोरोना सङ्क्रमण, २ हजार ३२३ जना डिस्चार्ज

सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजारमा झर्‍यो

  ।   २०७७ मंसिर ६, शनिबार १६:४०

काठमाण्डौ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ । शनिबार थप एक हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७४ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको छ ।

अब नेपालमा २४ हजार नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ५७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप सात सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय पाँच पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पताल, नेपालगन्ज : ६० जनामा कोरोना पोजिटिभ पुष्टि

२०७७ मंसिर ६, शनिबार १६:४०
बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा पछिल्लो ४८ घण्टामा गरिएको २ सय १२ नमुनाको परीक्षणमा ६० जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । शनिबार दिँउसो १२ः४० बजे अस्पतालले जारी गरेको सूचना अनुसार बाँकेका ३९ जना, बर्दियाका १२ जना, दाङका ४ जना रहेका छन् । यस्तै दैलेक, कैलाली, प्युठान, रुकुम […]

सम्बन्धित समाचार