भेरी अस्पताल, नेपालगन्ज : ६० जनामा कोरोना पोजिटिभ पुष्टि

  ।   २०७७ मंसिर ६, शनिबार १७:०४

बाँके । भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा पछिल्लो ४८ घण्टामा गरिएको २ सय १२ नमुनाको परीक्षणमा ६० जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

शनिबार दिँउसो १२ः४० बजे अस्पतालले जारी गरेको सूचना अनुसार बाँकेका ३९ जना, बर्दियाका १२ जना, दाङका ४ जना रहेका छन् । यस्तै दैलेक, कैलाली, प्युठान, रुकुम पश्चिम र रोल्पका एक/एक जना रहेका छन् ।

प्रयोगशालामा प्राप्त ४८ हजार आठ सय ४७ जनाको स्वाब नमुना जाँच कार्य सकिएको छ ।

जाँच गरिएका नमुना मध्ये चार हजार दुई सय ७६ वटा नमुनामा कोरोना पुष्टि भएको छ भने पछिल्लो ४८ घण्टामा २१२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

यस्तै बाँकेबाट शनिबार ४३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २९ जना पुरुष र १४ जना महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या तीन हजार चार सय ७३ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश बाबु श्रेष्ठले बताउनुभयो ।

कोरोनाका कारण बाँकेमा ३८ जनाको मृत्युु भइसकेको छ । बाँकेमा बिरामी निको हुने दर ९५.२६ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.६१ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

Next Post

बाँकेमा कोरोना संक्रमित संख्या तीन हजार छ सय ९६ पुग्यो, ३८ जनाको मृत्यु

२०७७ मंसिर ६, शनिबार १७:०४
बाँके । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय ९६ पुगेको छ । शनिबार थप ५० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।   त्यस्तै गएको २४ घण्टामा ४३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार […]