बाँकेमा कोरोना संक्रमित संख्या तीन हजार छ सय ९६ पुग्यो, ३८ जनाको मृत्यु

  ।   २०७७ मंसिर ६, शनिबार १९:२३

बाँके । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या तीन हजार छ सय ९६ पुगेको छ । शनिबार थप ५० जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

 

त्यस्तै गएको २४ घण्टामा ४३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार चार सय ७३ पुगेको छ ।

अब बाँकेमा एक सय ८५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको बाँके जिल्ला कोरोना सम्पर्क व्यक्ति नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै गएको २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ।

बाँकेमा बिरामी निको हुने दर ९३.९७ प्रतिशत, मृत्यु दर १.०३ प्रतिशत र रोगको प्रकोप दर ०.६१ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

 

 

 

Next Post

प्रिमियर लिग स् टोटेनह्याम, चेल्सी, ब्राइटन र म्यान्चेष्टरको जित, टोटेनह्याम शीर्ष स्थानमा

२०७७ मंसिर ६, शनिबार १९:२३
एजेन्सी । टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । राति म्यान्चेष्टर सिटीलाई २-० गोलले हराउँदै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको हो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एकरएक गोल गरे । टोटेनह्यामले लिगमा लगातार चार खेलमा जित […]