नेपालगन्जको बोरा गोदाममा कसरी भयो आगलागी

  ।   २०८० कार्तिक २९, बुधबार १४:१६

नेपालगन्ज । नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके ट्रेडिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो ।

राति करिब १२ बजेतिर लागेको आगो आज विहानीपख मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पुर्ण बोरा लगायतका सामग्री जलेर नष्ट भएको छ । जुटको बोराको गोदाम भएका कारण आगलागी नियन्त्रणमा आउन थप समय लागेको उहाँले बताउनुभयो ।

दुई वटा बारुण यन्त्र, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ४० लाख रुपियाँ बराबरको क्षति भएको एसके टे«डिङ्गका सञ्चालक सुरेशकुमार शाहले बताउनुभयो ।

उहाँका अनुसार गोदामभित्र रहेको ५० हजार थान ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टाको बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ । नेपालगञ्जमा रहेको उक्त गोदामबाट महेन्द्रनगर, धनगढी, राजापुर र पहाडी जिल्लाका लागि थोक दरमा गल्ला भर्नका लागि बोरा विक्री गर्ने गरिएको सञ्चालक शाहले बताउनुभयो ।

Next Post

भूकम्पका घाइतेहरुमा पुनः स्वास्थ्य समस्या सुरु

२०८० कार्तिक २९, बुधबार १४:१६
नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई सामान्य उपचार गराएर बसेका बिरामीहरुमा पुनः स्वास्थ्य समस्या देखिन थालेको छ । भूकम्पमा परी सामान्य उपचार मात्र गराएर घर बसेका बिरामीहरुमा अहिले शरीर दुख्ने, शरीर सुन्निनेलगायतका स्वास्थ्य समस्या देखिएको हो । पछिल्ला दिनहरुमा सामान्य उपचार मात्र […]

सम्बन्धित समाचार