भूकम्पका घाइतेहरुमा पुनः स्वास्थ्य समस्या सुरु

  ।   २०८० कार्तिक २९, बुधबार १७:४८

नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई सामान्य उपचार गराएर बसेका बिरामीहरुमा पुनः स्वास्थ्य समस्या देखिन थालेको छ ।

भूकम्पमा परी सामान्य उपचार मात्र गराएर घर बसेका बिरामीहरुमा अहिले शरीर दुख्ने, शरीर सुन्निनेलगायतका स्वास्थ्य समस्या देखिएको हो ।

पछिल्ला दिनहरुमा सामान्य उपचार मात्र गराएर घर बसेका तर अहिले आएर शरीरमा अनेक समस्या देखिन थालेपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएका बिरामीको स्वास्थ्य जाँच गर्दा बिरामीहरुमा स्वास्थ्य समस्या देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

“भूकम्प गएका जिल्लामा तत्कालीन समयमा घाइते बिरामीलाई तुरुन्तै स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भएको हुनाले स्थानीय स्वास्थ्य संस्था, विभिन्न सङ्घ संस्था तथा विभिन्न राजनैतिक दलका भ्रातृ सङ्गठनका स्वास्थ्यकर्मीले चेकजाँच गर्नुभयो । सबै जाँच गर्ने प्रविधि पनि भएन होला, स्वास्थ्यकर्मीले सीमित स्रोत र साधानका आधारमा औषधि गर्नुभयो” श्रेष्ठले भन्नुभयो, “अहिले ती बिरामीहरुको शरीर सुन्निने तथा दुखाइ हुनेजस्ता समस्या देखिन थालेका छन् । उहाँहरुको हड्डी तथा स्पाइन भाँचिएको पाइएको छ ।”

फोकल पर्सन श्रेष्ठका अनुसार जाजरकोट र रुकुमपश्चिम जिल्लाका त्यस्ता किसिमका घाइतेहरु थप उपचारका लागि अहिले भेरी अस्पताल आउन थालेका छन् । “तत्कालीन अवस्थामा औषधिले काम गरेको थियो । एक्सरे, भिडिओ एक्सरे, सिटी स्क्यानलगायतका सुविधाबिनै र सम्बन्धित विशेषज्ञ चिकित्सकबिना त्यस्ता बिरामीलाई उपचार गरियोे, अहिले शरीरमा पीडा हुन थालेपछि उहाँहरु यहाँ आइपुग्नु भएको छ, उहाँहरुको स्वास्थय चेकजाँच पश्चात शल्यक्रिया गर्नुपर्ने देखियो र शल्यक्रियाको तयारी गरिएको छ” श्रेष्ठले भन्नुभयो ।

मङ्गगलबार त्यस्ता प्रकृति दुई जना बिरामी थप उपचारका लागि भेरी अस्पतालमा आउनुभएको छ । बारेकोट गाउँपालिका(५, नायकबाडा जाजरकोटका ६३ वर्षीय गोपाल दमाई र सोही गाउँपालिका वडा ७, सुवाकोटका ६ वर्षीय बालक दिवस बस्नेतलाई थप उपचारका लागि मङ्गलबार बिहान भेरी अस्पताल ल्याइएको थियो ।

Next Post

धार्मिक सहिष्णुताको एक अब्बल नमूना बाँके

२०८० कार्तिक २९, बुधबार १७:४८
नेपालगन्ज । पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेको र सोही बमोजिम मनाउने गरिन्छ । तर फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्वीकार गरी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र भाइचारा सम्बन्ध अझ बलियो भएको पाइन्छ । बाँकेको नरैनापुरका मुस्लिम समुदायका केही युवाले हिन्दु […]