गाउँमै प्राविधिक शिक्षा

‘एक वडा, एक प्राविधिक शिक्षा’ मधुवन सरकारको नीति

  ।   २०७८ श्रावण २७, बुधबार १८:३६

  • प्रेम विश्वकर्मा, बर्दिया।

‘बेरोजगार भए, भईन्छ तर प्राविधिक शिक्षा पढने चाहना विद्यार्थीको हुन्छ । त्यसै कारण प्राविधिक शिक्षा तर्फको शुल्क अझै घटाउनु पर्छ ।’

बर्दियाको मधुवन नगरपालिकामा ९ वटा वडा छन । तिमध्ये ५ वटा वडाका ५ वटा विद्यालयमा प्राविधिक शिक्षाको पढाई हुन्छ । प्राविधिक शिक्षाको माग बढ्दै गएपछि मधुवन नगरपालिकाले अरु ४ वटा वडामा पनि एक–एक वटा फरक धारको प्राविधिक शिक्षाको पढाई गर्ने योजना बनाएको छ ।

विद्यालयहरुको माग अनुसार प्रक्रिया अगाडी बढाईने नगर शिक्षा अधिकारी नारायण प्रसाद खनाल बताउँनुहुन्छ । उहाँका अनुसार प्राविधिक धार संञ्चालन भएका विद्यालयहरुमा, नेपाल राष्ट्रिय नमुना माबि ढोढरी, वडा नम्बर ४ मा रहेको छ ।

शुक्र माबि ताराताल वडा नम्बर ७, गुराँश माबि सानोश्री वडा नम्बर ६, नेपाल राष्ट्रिय मावि पुर्णपुर वडा नम्बर ९ र त्रिभुवन मावि सुर्य पटुवा वडा नम्बर १ मा रहेको छ ।

अब प्राविधिक धारको विद्यालय संञ्चालन हुने संम्भावना रहेका वडा नम्बर ५ र ३ हुन । प्राविधिक धारका विद्यालय संञ्चालन, ब्यवस्थापनका लागी नगरपालिकाले गरेको मधुवन नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

हालसम्म शुक्र, पुर्णपुर, त्रिभुवन माविलाई गरी ९० लाख रुपैंया अनुदान सहयोग गरिसकेको छ । यो अनुदानको रकम प्रयोगशाला निर्माण, शैक्षिक सामाग्री खरिद लगायतका कार्यमा खर्च गर्न मिल्छ ।

यसका लागी प्राविधिक धारको कक्षा संञ्चालन गर्न इच्छुक विद्यालयले प्रस्ताव तयार गरी नगरपालिकामा पेश गर्नुपर्ने हुन्छ । मधुवन नगरपालिकामा अहिले सम्म संञ्चालन भएका प्राविधिक धारको शिक्षा लिनका लागी १० कक्षा (एसइइ) उतिर्ण गरेको हुनुपर्छ ।

विद्यालय अनुसार, कृषि, भेटनरी, होटल म्यानेजमेन्ट, अटो मोबाइल जस्ता प्राविधिक शिक्षाको पढाई हुदै आएको छ । मधुवन नगरपालिका क्षेत्र अन्र्तगत १० वटा सामुदायिक मावि, २ वटा नीजि माबि, ४ वटा सामुदायिक निमाबि, १३ वटा सामुदायिक प्राबि, ४ वटा निजि निमाबि र ६ वटा निजि प्राबि छन ।

शैक्षिक सत्र २०७७ मा सामुदायिक विद्यालय तर्फ अध्ययरत विद्यार्थी संख्या १० हजार जति रहेको थियो । शैक्षिक सत्र २०७६ मा भने ८ हजार ३ सय ८१ जना थिए । शैक्षिक २०७८ को हालसम्म ९ हजार सय ७ सय ४५ जना विद्यार्थी भर्ना भएका छन ।

यो संख्या बढ्ने संम्भावना छ । गतबर्ष प्राविधिक धारतर्फ करिब ६ सय विद्यार्थी अध्ययरत रहेको थिए । आफ्नै गाउँ ठाउँमा प्राविधिक शिक्षाको सुविधा पाएपछि स्थानीय सगैं दुर्गम क्षेत्रका विद्यार्थी समेत महंगो शुल्क तिरेर शहरमा जानुभन्दा गाउँकै विद्यालयमा आउन थालेका छन ।

नेपाल राष्ट्रिय नमुना माबि ढोढरीका प्रधानाध्यापक पुर्णचन्द्र पोखरेल भन्नुहुन्छ, ‘बेरोजगार भए, भईन्छ तर प्राविधिक शिक्षा पढने चाहना विद्यार्थीको हुन्छ । त्यसै कारण प्राविधिक शिक्षा तर्फको शुल्क अझै घटाउनु पर्छ ।’

जनशक्ति, पढाई शुल्क लगायतका कारणले प्राविधिक शिक्षा दिन गाहे भएको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा लिन चाहाने विद्यार्थीको सहजताको लागी विभिन्न किसिमका छात्रवृतिको सुविधा पनि राखीएको छ ।

शुल्क बुझाएरै पढ्ने चाहानेका लागी भने प्रति विद्यार्थी बिषय, विद्यालय अनुसार थोरै शुल्कमा केही फरक हुन सक्छ । शुक्र मा.बि. तारातालका प्रधानाध्यापक एलिजा जिसीले १८ महिने प्रि.डिप्लोमा कोर्षका ९५ हजार रुपैंया र ३ बर्षे डिप्लो कोर्षको २ लाख ५० हजार रुपैंया जति शुल्क आफनो विद्यालयमा लिने गरिएको जानकारी दिनुभयो ।

यस विद्यालयमा अटो मोबाइलको कोर्ष छ । तर बन बिज्ञानको तीन बर्षे कोर्ष संञ्चालन गरिरहेको नेपाल राष्ट्रिय माबि पुर्णपुरका प्रधानाध्यापक थिर बहादुर वलीले ३ बर्षे कोर्षको २ लाख रुपैंया लिने गरिएको बताउनुभयो ।

यस्तै त्रिभुवन माबि सुर्य पटुवा, मधुवन १ का प्रधानाध्यापक इन्द्र बहादुर सुनारले होटल म्यानेजमेन्ट कोर्ष प्याकेजमा ३० हजार रुपैंया देखी ६० हजार रुपैंया सम्म लिने गरेको बताउनुभयो ।

बढ्दो नगर शिक्षामा लगानी

मधुवन नगरपालिकाले गुणस्तरिय शिक्षाका लागी बजेट बढाउदै लगेको नगरप्रमुख गणेश बहादुर क्षेत्रि (कृष्ण) बताउनुहुन्छ । नगरपालिकाले ‘एक वडा, एक प्राविधिक शिक्षा’ को नीति नै अघि सारेको छ ।

जसअनुसार आर्थिक बर्ष २०७६-०७७ मा शिक्षा क्षेत्रको बजेट २ करोड ४० लाख रुपैंया थियो । यसैगरी आर्थिक बर्ष २०७७-०७८ मा २ करोड ४२ लाख रुपैंया बजेट थियो ।

चालु आर्थिक बर्ष २०७८-०७९ मा त झन शिक्षा क्षेत्रको बजेट बढेर ३ करोड रुपैंया पुगेको छ ।

नगरका सबै विद्यालयमा कक्षा १ देखी ३ सम्म अग्रेंजी (भाषा) माध्यमबाट पढाई गरिन्छ । भने गुराँश माबि र नेरा.माबि ढोढरीमा पनि माथिल्लो कक्षाका विद्यार्थीको रोजाई अनुसार अग्रेंजी र नेपाली दुबै माध्यमबाट पढाई हुन्छ ।

बाल विकास शिक्षक कर्मचारीलाई १५ हजार रुपैंया मासिक प्रोत्साहन रकम दिने तयारी गरिएको छ । जसमा ५९ जना शिक्षक सहजकर्ता, ३८ जना कर्मचारी रहेका छन ।

महामारीका रुपमा विश्वब्यापी फैलिएको कोभिड–१९ ले शिक्षाका क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु प्रभावित भएपनि शैक्षिक स्तर सुधार गर्न मधुवन सरकार सधैव प्रयासरत रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

कोभिड–१९ पछि पढाई

कोभिड–१९ ले शैक्षिक क्रियाकलापहरु संञ्चालनमा समस्या भएपछि मधुवन नगरपालिकाले बैकल्पिक विधिमा पढाईलाई निरन्तरता दिने योजना बनाएको छ ।

स्थानीय रेडियोबाट शुरु गरिएको पढाई सगैं केही विद्यालयले अनलाइनबाट पनि पढाउन थाले । अब नगरभित्रका विभिन्न टोल–टोलमा शिक्षक–शिक्षिकाहरु खटाएर पढाई गर्ने योजनामा नगरशिक्षा रहेको शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले जनाकारी दिनुभयो ।

Next Post

राष्ट्रिय ख्रीष्टियन महासंघको कर्णाली प्रदेश प्रमुखमा पा. पदम गैरे  निर्वाचित

२०७८ श्रावण २७, बुधबार १८:३६
नेपालगन्ज । राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेश प्रमुखमा सुर्खेत बेथेल चर्चका पास्टर पदम गैरे जुम भर्चुअल अधिवेशन मार्फत निर्वाचित हुनुभएको छ । देशमा कोरोना भाइरसको दोस्रो लहर बढ्दै गरेको र तेस्रो लहर शुरु भैरहेको बेला जुम भर्चुअल मार्फत भेला तथा अधिवेशन गर्न सकेको राष्ट्रिय ख्रीष्टियन सभा कर्णाली प्रदेश प्रमुख पास्टर […]

सम्बन्धित समाचार