बाँकेमा आज ९ जना कोरोना संक्रमित थपिए

  ।   २०७७ भाद्र ९, मंगलवार १४:३१

नेपालगन्ज । भेरी अस्पतालमा पिसिआर ल्याब बाट ९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । जसमध्ये ७ जना पुरुष र २ जना महिला रहेको स्वास्थ फोकल पर्शन नरेश बाबु श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

मंगलबार जारी गरिएको सो रिपोर्ट अनुसार कोभिड-१९ कोरोना पोजेटिभ देखापरेका ९ जना जोड्दा बाँकेमा कुल कोरोना संक्रमितको संख्या ८ साय ४४ पुगेको छ । बाँकेका विभिन्न आइसोलेसनमा १ सय ८६ जना उपचाररत छन् भने ६ सय ४५ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

हाल सम्म बाँकेमा ४ जना कोरोना संक्रमितहरुको मृत्यु भैसकेको छ ।

Next Post

संघीय नेपालको पहिलो जनगणनाले कोर्दैछ अग्रगमनको मार्गचित्र

२०७७ भाद्र ९, मंगलवार १४:३१
चेतन अधिकारी आगामी वर्ष हुने राष्ट्रिय जनगणना २०६८ बाट संघीय संरचना अनुसारका ताजा तथ्यांक लिएर हाम्रो यथार्थ र आवश्यकताका आधारमा योजना बनाई अगाडि बढ्ने हिसाबले निकै महत्वपूर्ण हुनेछ।  आगामी वर्ष मुलुकमा १२ औं जनगणना हुँदैछ। गत २६ साउनमा मन्त्रिपरिषद्को बैठकले ’राष्ट्रिय जनगणना- २०७८’ का प्रश्नावलीलाई अन्तिम रुप दिएपछि जनगणनाले लय समाएको […]