तुलसीपुरले ल्यायो दुई अर्ब बढीका बजेट,सबैभन्दा धेरै शिक्षामा

  ।   २०८१ असार १०, सोमबार १७:०१

दाङ । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ ।

उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१÷०८२का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक गरिन् । उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशु तर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ ।

पशु तर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्य तर्फ नौ करोड ५९ लाख ४० हजार,कृषि तर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शिर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ ।

Next Post

दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता राखेर नरैनापुर गाँउपालिका आज बजेट ल्याउदै

२०८१ असार १०, सोमबार १७:०१
बाँके। बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट आज ल्याउने जनाएको छ । गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने […]

सम्बन्धित शीर्षक