बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

  ।   २०७७ कार्तिक ११, मंगलवार १७:४२

सिराज खान
नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । जिल्लाको नरैनापुरमा कोरोना सङ्क्रमण व्यापक भइरहेका बेला स्यांग्जाबाट बाँकेमा सरुवा हुनु भएका प्रजिअ कुरुम्वांग कोभिड १९ को महामारी नियन्त्रणका लागि दिनरात नभनी आफै सबैैतिर खटिनुभएको थियो ।

सिमाना, क्वारेन्टान र आइसोलेसनको व्यवस्थापनदेखि कोरोना विशेष अस्पतालको सञ्चालन र शव व्यवस्थापनसम्म आफै खटिंदै आएको अवस्थामा परीक्षण गराउँदा मंगलवार उहाँलाई संक्रमण पुष्टि भएको छ ।

कोरोना नियन्त्रणको काम गर्दा गर्दै मंगलवार उहाँलाई संक्रमण पुष्टि भएको उहाँले जानकारी गराउनुभएको छ । आफु संक्रमित भएको जानकारी गराउँदै प्रजिअ कुरुम्वांगले केही दिन यता नजिकै भएर काम गरेका सबैले परीक्षण गराउनसमेत आग्रह गर्नुभएको छ ।

केही दिन पहिले मात्रै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल र नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर पनि जनताको सेवामा खटिंदा खटिंदै संक्रमित भएर हाल होम आइसोलेसनमा हुनुहुन्छ ।

पछिल्लो केही दिन यता जिल्लामा संक्रमितहरु घट्दै गएका छन् भने संक्रमित देखिनेमा लक्षण भएकाहरु अधिकांश रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच बाँकेमा मंगलवार मात्रै ३८ जना निको भएर घर फर्किएको सो कार्याालयले जनाएको छ । -gorkhapatra

Next Post

भारत र अमेरिकाबीच रक्षा सम्झौतामा हस्ताक्षर

२०७७ कार्तिक ११, मंगलवार १७:४२
एजेन्सी । भारत र अमेरिकाले एउटा रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुने भएकोले यो सम्झौता निकै महत्वूर्ण रहेको बीबीसीले जनाएको छ । सम्झौता अनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । […]

सम्बन्धित शीर्षक