कोरोनाको उपचार आफ्नै गोजीबाट गर्नू, सरकारले सक्दैन : स्वास्थ्य मन्त्रालय

  ।   २०७७ आश्विन २९, बिहीबार १८:११

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार आफ्नै खर्चबाट गर्न भनेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जसले इन्स्योरेन्स गरेको छ उसले सोही रकमबाट र नगरेको भए खल्तीबाटै खर्च गरेर कोरोनाको उपचार गर्नुपर्ने बताउनुभयो ।

“जसले इन्स्योरेन्स् गरेका छन् । उनीहरुले त्यो सुविधा लिन सक्छन् अर्थात सोही रकम खर्च गर्न सक्छन् नगरेकाले खल्तीबाटै खर्च गर्नुपर्ने हुन्छ । इन्स्योरेन्सले पुगेन भने पनि संक्रमितले नै उपचार खर्च बेहोर्नुपर्छ । सरकारले खर्च गर्न सक्दैन ।”

“आर्थिक रुपले विपन्न, असक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंत्तिःमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिन्ह देखिएमा परीक्षण निशुल्क गरिनेछ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “तर उनीहरुले पनि कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण खर्च निजको बिमा रकमबाट बेहोर्ने छ ।” बाह्रखबरी

Next Post

कोरोनाको दोस्रो संक्रमणबाट विश्वमै पहिलो पटक एकजना महिलाको मृत्यु

२०७७ आश्विन २९, बिहीबार १८:११
कोरोना भाइरसको दोस्रो संक्रमणबाट पहिलो पटक एकजनाको मृत्यु भएको छ । नेदरल्याण्डस्मा ८९ वर्षीया महिलाको कोरोनाको दोस्रो संक्रमणबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । महिलाको मृत्यु कोरोना भाइरसको दोस्रो संक्रमणबाट भएको नेदरल्याण्डस्का स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उहाँ संसारमै कोरोना भाइरसको दोस्रो संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति भएको सिएनएनले […]