गुडन्यूजका प्रधानसम्पादक डक्ट प्रसाद धिताल लाई सम्मान

  ।   २०७९ माघ २९, आईतवार १८:१६

संवाददाता, नेपालगंज

क्रान्तिकारी पत्रकारहरुको संगठन, प्रेस सेन्टर नेपाल बाँके शाखाको साधारण सभा तथा बिशेष अधिवेशन आज नेपालगंजमा सम्पन्न गरिएको छ ।

साधारण सभा तथा बिशेष अधिवेसनको अवसर पारी ‘क्रान्तिकारी पत्रकारिता पुरस्कार’ बाट डक्ट प्रसाद धिताललाई सम्मान गरिएको छ ।

धिताल गुडन्यूज खबर डटकम, गुडन्यूज साप्ताहिक पत्रिकाका प्रकाशक, प्रधानसम्पादक र रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका स्टेशन म्यानेजर हुनुहुन्छ ।

सोही कार्यक्रममा ‘बिरमी चन्द्र ग्रामिण पत्रकारिता पुरस्कार’ बाट प्रिया शाही (कल्पना) र आलम खानलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।

यस्तै वरिष्ठ पत्रकार शिराज खान, सुशील शर्मा लामिछाने, शिव सुनार, गजेन्द्र गुरुङ, आलम खान, हेमन्त चौधरी लगायतका ब्यक्तित्वहरुलाई पनि सम्मान प्रदान गरिएको छ ।

अपडेट …

Next Post

‘गल्ली’ म्यूजिक भिडियोमा एस कुमार र रेस्मा घिमिरेको ५ वर्षे मार्मिक प्रेमकहानी (भिडियो) सहित हेर्नुहोस ।

२०७९ माघ २९, आईतवार १८:१६
संवाददाता, काठमाडौं । ‘यो यस्तै छ अरुलाई सहयोग गर्छ तर, आफु सहयोग कहिल्यै लिन मान्दैन । सरी रेस्मा, मैले यो साथीको बारेमा भन्ने मौका नै पाइन । हिजो मात्रै ५ वर्ष जेल सजाय काटेर आएको कैदी हो यो । जसको दोषी म नै हो । सायद त्यो दिन म मात्तिएर […]