‘गल्ली’ म्यूजिक भिडियोमा एस कुमार र रेस्मा घिमिरेको ५ वर्षे मार्मिक प्रेमकहानी (भिडियो) सहित हेर्नुहोस ।

  ।   २०७९ फाल्गुन १, सोमबार १३:०७

संवाददाता, काठमाडौं

‘यो यस्तै छ अरुलाई सहयोग गर्छ तर, आफु सहयोग कहिल्यै लिन मान्दैन । सरी रेस्मा, मैले यो साथीको बारेमा भन्ने मौका नै पाइन । हिजो मात्रै ५ वर्ष जेल सजाय काटेर आएको कैदी हो यो । जसको दोषी म नै हो । सायद त्यो दिन म मात्तिएर झगडा सुरु नगरेको भए, यसको हातबाट त्यो मान्छे मर्ने थिएन होला । यो जेल गएदेखि यसको आफन्त, परिवार सबैले छोडे । यो सँग सबैले नाता तोडे । यसको प्रेमिकाले पनि यसलाई छोड्यो । सबै भएर पनि उ आज एक्लो छ ।’

गायक एस कुमारले भर्खरै मात्र सार्वजनिक गरेका ‘गल्ली’ नामको म्यूजिक भिडियोको अन्तिम सम्बाद हो यो । एउटा प्रेमीकाले आफुलाई प्रेम गर्ने मान्छेले अकैले गरेको गल्तीको दोषका कारण ५ वर्ष जेल सजाय भोग्नुपरेको कथा एस कुमारको ‘गल्ली’ नामको म्यूजिक भिडियोमा समेटिएको छ । गीत सार्वजनिक भएको १० दिन बितिसक्दा पनि ३ लाखले ८ हजारले मात्रै उक्त भिडियो यूट्वमा हेरे पनि उक्त गीत प्रेम र प्रेमीकाको कथाबस्तु समेटिएको छ । १० मिनेटको गीत हेर्दा पनि साढे ३ घण्टाको कथानक चलचित्र हेरेझै महशुस हुन्छ ।

गायक एस कुमारको स्वरसँगै गायिका मेचु धिमालको जादुमय स्वरसँगै गायक एस कुमार, मोडल रेस्मा घिमिरे, उषा बराईली र मोडल राजेश घतानीको अभिनय पनि म्यूजिक भिडियो सकिएको थाहा नै नहुने गरी निर्देशक निकेश खड्काले कथामा अभिनय बुन्नुभएको छ ।

गायक एस कुमारकै अफिसियल यूट्व च्यानल एस कुमार अफिसियलबाट सार्वजनिक भएको हो । गीतमा सङ्गीत तथा शब्द रचना गायक स्वयं एस कुमारकै रहेको छ । हरि हुमागाईंले छायांकन गरेको म्यूजिक भिडियोको निर्देशन निकेश खड्काले गर्नुभएको हो ।

यस्तो छ गीत हेर्नुहोस ।

Next Post

उल्टो पैदल यात्रामा किन निस्किए कोहलपुरका रुपन थारु

२०७९ फाल्गुन १, सोमबार १३:०७
संवाददाता, नेपालगंज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ का रुपन थारु मेची महाकालीको उल्टो पैदल यात्रामा निस्कनुभएको छ । आज उहाँ मोरङ्ग उर्लाबारीदेखी दमक हुदै इटहरी पुग्नुभएको हो । उहाँको उल्टो पैदल यात्राको १ मिनेट ३५ सेकेण्डको भिडियोलाई चर्चित हाँस्यकलाकार मनोज गजुरेलले आफनो फेसबुक पेज मार्फत सेयर गर्नुभएको छ । […]

सम्बन्धित समाचार