
संवाददाता, नेपालगंज ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ का रुपन थारु मेची महाकालीको उल्टो पैदल यात्रामा निस्कनुभएको छ । आज उहाँ मोरङ्ग उर्लाबारीदेखी दमक हुदै इटहरी पुग्नुभएको हो ।
उहाँको उल्टो पैदल यात्राको १ मिनेट ३५ सेकेण्डको भिडियोलाई चर्चित हाँस्यकलाकार मनोज गजुरेलले आफनो फेसबुक पेज मार्फत सेयर गर्नुभएको छ ।
रुपन थारुको उल्टो पैदल यात्रामा साथ श्रीमतिले दिईरहेको रुपनले जानकारी गराउनुभएको छ । आफुले पहिलो पटक शान्तिको कामना गर्दै पैदल यात्रामा निस्कीएको रुपनले बताउनुभएको छ ।



