गुलरियामा राष्ट्रिय झन्डा दिवस मनाईयो

  ।   २०७९ बैशाख २, शुक्रबार १४:४१

संवाददाता, नेपालगंज

नयाँ बर्ष २०७९ सालको शुभकामना सहित बर्दियाको गुलरियामा राष्ट्रिय झन्डा दिवस मनाईएको छ । बिहीबार स्थानीय गणेशमान चोकमा भेला भएका युवाहरुले नेपालको राष्ट्रिय झन्डा फहराउदै, उच्चाल्दै खुसीयाली बाँडेका थिए ।

बास नेपाल केन्द्रिय कार्यालयको निर्देशन अनुसार बास नेपाल बर्दिया शाखाले राष्ट्रिय झन्डा दिवस मनाईएको हो । कार्यक्रमलाई बास नेपालका केन्द्रिय महासचिव खुमेश सुवेदी, बर्दिया शाखा अध्यक्ष राज थारुले सम्बोधन गर्नुभएको भएको सचिव राम बहादुर परियारले बताउनुभयो ।

#राष्ट्रिय       #झन्डा        #दिवस

Next Post

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने, एकतर्फी भाडादर रु ३७ हजार कायम

२०७९ बैशाख २, शुक्रबार १४:४१
संवाददाता । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न […]