फोटोग्राफी समिट र फोटो फेस्टिवलको मिति सार्वजनिक

  ।   २०७९ चैत्र १, बुधबार १३:०३

संवाददाता, नेपालगंज

नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको नेपाल फोटोग्राफी समिट यही चैत्र २२ र २३ गते नेपालगन्जमा हुने भएको छ । यसैगरी तेस्रो नेपालगन्ज फोटो फेस्टिवल चैत्र २१ र २२ गते हुनेछ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा देशभरबाट १ सय ११ फोटो पत्रकारहरु र फोटोग्राफीमा स्वतन्त्र ढंगले क्रियाशिल ब्यक्तिहरु सहभागी हुनेछन् ।

‘फोटोग्राफीमा संलग्न अघिल्लो पुस्ता र नयाँ पुस्तालाई जोड्ने सेतु हो नेपालगन्ज फोटोग्राफी समिट’– समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भन्नुभयोे, ‘रिलवाला क्यामेरा चलाएको पुस्तादेखि अहिलेको डिजिटल प्रविधि, गोप्रो हुँदैं ड्रोन चलाइरहेका पुस्ता एकै थलोमा भेला गदैछौं ।’

आयोजकका अनुसार नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गतको फोटो प्रतिस्पर्धामा देशभरबाट फोटो आव्हान गरिएको छ । सोमबार राती १२ बजे सम्म ९ वटा विधामा फोटोहरु आएका छन् ।

हरेक विधाका उत्कृष्टलाई पुरस्कृत गरिनेछ भने सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ ।

समाचार, दैनिक जीवन, पर्यटन, वाईल्डलाईफ, कृषि, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, नेपाल स्माइल गरी ९ विधामा फोटो प्रतिस्पर्धा गरिनेछ । यी सबैं विधाबाट छानिएका १ सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ ।

फोटोहरु छनोट गर्न वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा ३ सदस्यीय निर्णायक मण्डल समेत गठन गरिएको छ । सदस्यहरुमा फोटो पत्रकार क्लब क्लब (पिजे क्लब) का अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल रहनुभएको छ । निर्णयक मण्डलले फोटो छनोट कार्य मंगलवार देखि नै शुरु गरेको छ ।

यसैगरी नेपालगन्ज फोटो फेस्टिवलका दौरान बाँके जिल्लाको विशेष फोटो प्रदर्शनी हुने भएको छ । बाँकेको नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, ६ वटा गाउँपालिका (राप्तीसोनारी, नरैनापुर, डुडुवा, बैजनाथ, खजुरा, जानकी) का पर्यटकीय स्थल, कला संस्कृति, स्थानीय मौलिक परिकार, भेषभुषा र जीवनशैली झल्कने फोटोहरु प्रदर्शनीमा राखिनेछ ।

यस प्रदर्शनीका लागि नेपालगन्ज फोटो फेस्टिवलले नेपालगन्ज ग्यालेरीसँग सहकार्य गरेको छ । ‘आजैदेखि ग्यालेरीले फोटो आवहान गर्नेछ, ‘ग्यालेरीका संस्थापक समिरमान श्रेष्ठले भन्नुभयोे,‘यस प्रदर्शनीले बाँके जिल्लाको सबै क्षेत्रको व्यापक प्रवद्र्धन गर्नेछ ।’

‘गौरबको कुरा हो’

नेपालगन्ज क्षेत्रमा रहेर फोटो पत्रकारिता र फोटोग्राफीमा सक्रिय भएर काम गरिरहेकाहरुले नेपालगन्ज फोटो फेस्टिवलले यस क्षेत्रको समग्र विकासमा महत्वपुर्ण योगदान पु¥याउने विचार व्यक्त गरेका छन् ।

यसैगरी नेपालमै पहिलो पटक गर्न लागिएको नेपाल फोटोग्राफी समिट नेपालगन्जमा हुने यस क्षेत्रकै लागि गौरवको विषय भएको बताएका छन् । अन्तरालले मंगलबार नेपालगन्जमा आयोजना गरेको छलफलका सहभागिहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।

नेपालगन्ज उप–महानगरपालिकाका निर्वतमान उपप्रमुख उमा थापा मगरले देशभरबाट फोटो पत्रकार नेपालगन्ज आउँदा यस क्षेत्रको पर्यटन तथा समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले नेपाल फोटोग्राफी समिट र नेपालगन्ज फोटो फेस्टिवलले नेपाली फोटो पत्रकारिता क्षेत्रको विकासमा ठुलो योगदान दिने बताउनुभयो ।

Next Post

युवा महिलालाई रोजगारी र अवसरका लागि कार्यशाला सञ्चालन

२०७९ चैत्र १, बुधबार १३:०३
संवाददाता, नेपालगञ्ज । बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच कार्यशाला सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो । लैङ्गिक रुपान्तरणका लागि महिलालाई स्थानीयस्तरबाट अवसरहरु […]