छ महिनामा एक सय प्राकृतिक विपद्ले पाँच करोड सर्वसाधारणको जनजिवन प्रभाबित

  ।   २०७७ मंसिर २, मंगलवार १५:२४

अन्तर्राष्ट्रिय रेडक्रस समितिले पछिल्लो छ महिनामा एक सय प्राकृतिक विपद्ले पाँच करोड सर्वसाधारणको जनजिवन प्रभाबित बनाएको जनाएको छ ।

गत् मार्च महिनामा कोरोनाभाइरसलाई महामारीको रुपमा घोषणा गरिए यता पाँच करोड सर्वसाधारणको जनजिवन प्राकृतिक विपद्ले प्रभाबित पारेको आईसीआरसीले जनाएको छ ।

प्राकृतिक विपद् सम्बन्धमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आज आईसीआरसीले कोरोना महामारी र जलवायु परिवर्तनले निम्तिएको विपद्बाट सबैभन्दा बढी प्रभाबित भएको बताएको छ ।

विपन्न समुदाय प्रकोपको सबैभन्दा बढी जोखिममा रहेको र कडा रुपमा प्रभाब पारेको उसले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

मार्च २०२० यता मात्रै एक सय विपद् आएको र पाँच करोड सर्वसाधारण प्रभाबित भएको प्रतिवेदनले जनाएको छ । आइसीआरसीका अनुसार पछिल्लो दश वर्षमा विपद्को निरन्तरतामा वृद्धि भएको छ ।

जसमध्ये जलवायु परिवर्तनले निम्तिने विपद्हरु बढी छन् । प्रकृति दोहनले मात्रै ८३ प्रतिशत विपद् निम्तिएको जनाइएको छ ।

गोरखापत्र अनलाइनबाट

Next Post

केपी ओली नेतृत्व सरकारको स्थायित्वमा मसालको जोड

२०७७ मंसिर २, मंगलवार १५:२४
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी ओली नेतृत्वको सरकारको स्थायित्वमा जोड दिएको छ । सत्तारुढ नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने र प्रतिगमनलाई फाइदा पुग्ने मसालको ठहर छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले आज विज्ञप्ति जारी गर्दै भन्नुभएकोछ, ‘नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप […]