चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो तस्बिर

  ।   २०७८ भाद्र ७, सोमबार १५:२५

संवाददाता ।
सन् १९६० को दशकको सुरुवातमा अमेरिकाले एपोलो मिसन सुरु गरेको थियो । यस मिसनको उद्देश्य चन्द्रमामा मान्छे पठाउनु थियो । तर, त्यतिबेला वैज्ञानिकहरूसँग चन्द्रमाको सतहको विस्तृत तस्बिर समेत थिएन ।

एपोलो मिसनका लागि चन्द्रमाको सतहको तस्बिर आवश्यक थियो जसको मूल्याङ्कन गरेर अन्तरिक्ष यानलाई ल्यान्डिङ कहाँ गर्ने भनेर तयारी गर्न सकियोस् । नासाले १० अगस्त १९९६ मा अर्बिटर १ लञ्च ग¥यो ।

यसमा एक मेन इन्जिन, ४ सोलार प्लेट र ६८ किलोको कोड्याक इमेजिङ सिस्टम फिट गरियो । यसका काम अलग–अलग एंगलबाट चन्द्रमाको सतहको तस्बिर खिच्नु थियो ।

चन्द्रमाको कक्षमा पुग्ने यो विश्वको पहिलो अन्तरिक्ष यान थियो । अन्तरिक्ष यानको लञ्च सफल भयो र १४ अगस्तमा यो चन्द्रमाको कक्षसम्म पुग्न सफल भयो । सन् १९६६ अगस्त २३ मा यसले पृथ्वीको पनि एउटा तस्बिर खिच्यो ।

चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको यो पहिलो तस्बिर थियो । २८ अगस्तसम्म यसले चन्द्रमाको सतहको कूल २०५ वटा तस्बिर पठायो । २९ अक्टुबरमा चन्द्रमाको सतहसँग ठोक्किएर यो नष्ट भयो ।

रातोपाटीबाट

Next Post

कोभिडको महामारी शुरुभए यता बाँकेमा ३ सय २७ जनाको मृत्यु

२०७८ भाद्र ७, सोमबार १५:२५
संवाददाता । कोभिड–१९ को सङ्क्रमणबाट बाँकेमा आज एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै कोभिडको महामारी शुरुभए यता बाँकेमा ३ सय २७ जना […]