‘लु’ के हो ? यसका लक्षणहरु के–के हुन ?

  ।   २०८० बैशाख ७, बिहीबार १३:०४

नियमित भन्दा ५ डिग्री सेन्टिग्रेड तापक्रम लगातार पाँच दिनभन्दा बढी भइराख्यो भने लु लाग्छ । लु लागेमा शरीरमा तापक्रमको सन्तुलन बिग्रिन्छ ।

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

गर्मीका कारण लगातार शरीरबाट पसिना आउँछ र शरीरमा पानी–नुनको कमी गराउँछ, जसकारण मानिसलाई डिहाइड्रेसन ( Dehydration) पनि हुन सक्छ ।

लु को कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर हुने, ढल्ने, छट्पटाउने, मासुहरु बाँउडिने आदि हुने हुन्छन् । यस्ता व्यक्तिहरु एकदम हड्बडाउनुको साथै अचानक लड्ने हुन्छन् ।

शरीर तातो भए पनि हात गोडा चिसो हुन्छ रोगीलाई टाउको दुख्छ । उसको ओंठ, आँखा तथा मुख सुख्खा हुन्छ । यसका साथै चिडचिडापन र थकान महसुस हुने, ज्वरो आउने, पसिना आउन बन्द हुने, ७–८ घन्टासम्म पिसाब पास नहुने, टाउको एवं पेट दुख्ने, आँखामा जलन हुने, लगातार उल्टी हुने वा पखाला लाग्ने, मुटुको धड्कन तेज हुने तथा बेहोसीका लक्षणहरु देखिन्छन् ।

लु बाट बच्न के गर्ने ?

दिउँसो घरबाट बाहिर ननिस्कने, फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकहीँ जीवनजल पिउने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, चिसो पानीेले नुहाउने क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने, खेतबारीका कामकाज सकभर बिहान वा बेलुका गर्ने, मदिरा सेवन नगर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने आदी.. ।

जल तथा मौसम कार्यालय, कोहलपुर बाँकेको सहयोगमा तयार पारिएको सामाग्री ।

Next Post

सामाजिक सञ्जालको सदुपयोग : ५८ वर्षपछि दाजु–बहिनीको भेट

२०८० बैशाख ७, बिहीबार १३:०४
संवाददाता । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाउनुभएको छ । हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेट्नुभयो । त्यसपछि उहाँ बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट […]

सम्बन्धित समाचार