दाउद इब्राहिम पाकिस्तानमा रहेको पुष्टि

  ।   २०७७ भाद्र ७, आईतवार ०८:५५

एजेन्सी । मुम्बई अन्डरवर्ल्डका नाइके एवम् कुख्यात डन दाउद इब्राहिम पाकिस्तानमा रहेको पुष्टि भएको छ।

पाकिस्तानले गत साता (अगष्ट १८) मा एक अधिसूचना जारी गर्दै कराँचीमा दाउद बसिरहेको जनाएको छ। तर, पाकिस्तानी विदेश मन्त्रालयले यो कुनै नयाँ जानकारी नभएको दावी गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद चौधरीले भनेका छन्, ‘पाकिस्तानले वैधानिक अधिसूचना जारी गरेको छ, यो एक प्रकृयाअनुसार नै जारी गरिएको हो, प्रतिबन्धित सूची या प्रकृयामा कुनै परिवर्तन गरिएको छैन।’

त्यहाँको विदेश मन्त्रालयले यस्ता अधिसूचना पटक–पटक निकाल्ने गरिएको, संयुक्त राष्ट्र संघको प्रतिबन्ध सूचीमा राखिएका मानिसहरुको वर्तमान स्थिति जानकारी दिन तथा अन्तराष्ट्रिय जिम्मेवारी वहन गर्न पाकिस्तान सरकारले यो अधिसूचना जारी गरेको जनाएको छ।

दाउद इब्राहिमबारे पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको अधिसूचना ।

पेरिसस्थित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई सन् २०१८ जुनमा आतंकवादमा लगानी भइरहेको मुलुकको सूचीमा राखेको थियो। आतंकवादका क्षेत्रमा भइरहेको लगानी रोकिएमात्रै सो सूचीबाट हटाउनसक्ने प्रावधान छ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार सन् १९९३ मा भएको मुम्बई हमलाका मुख्य आरोपी दाउद इब्राहिम साउदी मस्जिदनजिकको ह्वाउट हाउसमा बस्ने गर्छन्। साथै कराँचीका दुई फरक स्थानलाई पनि उनको ठेगाना रहेको सो अधिसूचनामा उल्लेख छ। अधिसूचनामा दाउका कैयौं नामबारे पनि बताइएको छ। दाउदको जन्म भारतको महाराष्ट्रस्थित रत्नागिरीमा भएको सो अधिसूचनामा लेखिएको छ।

पाकिस्तानले १८ अगष्टमा अधिसूचना जारी गरि ८८ चरमपन्थी संगठन र व्यक्तिहरुमाथि आर्थिक प्रतिबन्ध लगाइएको जानकारी दिएको छ। जमात उद दावाका प्रमुख हाफिज सइद र जैश ए मोहम्मदका प्रमुख मसूद अजहरको नाम पनि यो सूचीमा राखिएको छ। भारतले लामो समयदेखि दाउद इब्राहिम पाकिस्तानस्थित कराँची शहरमा बसिरहेको बताउने गरेको थियो।

तर पाकिस्तानले भारतीय दावीलाई आरोपमात्र भएको प्रतिक्रिया दिने गरेको थियो। सन् १९९३ मा भएको मुम्बई बम विस्फोटमा दाउदको प्रत्यक्ष संलग्नता देखिएको थियो। सो हमलामा २५७ जना मानिसको ज्यान गएको थियो भने ७०० जना घाइते भएका थिए। दाउदलाई सन् २००३ मा अन्तराष्ट्रिय आतंकवादी घोषित गरिएको थियो। थाहाखबर

Next Post

Request to celebrate Moharram at home: Moharram Committee

२०७७ भाद्र ७, आईतवार ०८:५५
Nepalgunj. Muslims at home it has been requested to celebrate Moharram. Ghulam Hussain Haluwai “Warsi” Feroze, Chairman of the Central Office of the Central Moharram Festival and Karbala Management Committee, Nepalgunj, has requested the community to celebrate the Moharram Festival safely at home. Due to the epidemic of Kovid-19, all […]

सम्बन्धित समाचार