कोभिडको महामारी शुरुभए यता बाँकेमा ३ सय २७ जनाको मृत्यु

  ।   २०७८ भाद्र ७, सोमबार १६:११

संवाददाता ।
कोभिड–१९ को सङ्क्रमणबाट बाँकेमा आज एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुर नगरपालिका वडा नम्बर ८ निवासी ५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोभिडको महामारी शुरुभए यता बाँकेमा ३ सय २७ जना र कोभिड संक्रमित भई बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९३ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँके जनाएको छ ।

Next Post

कुलमान ‘एक्सन’ मा, झ्याप-झ्याप बत्ती जान नदिने

२०७८ भाद्र ७, सोमबार १६:११
संवाददाता । बिना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘एक्सन’ मा उत्रिनुभएको छ । घिसिङले आज ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, […]