जनताको बीचमा पुर्व मन्त्री राई

  ।   २०७८ चैत्र ३, बिहीबार ११:३९

नेपालगन्ज । काठमाडौंबाट नेपालगन्ज पुग्ने बित्तिकै पुर्व सहरी विकास मन्त्री जनताको घर दैलोमा पुग्न थाल्नु भएको छ । यसै क्रममा पुर्व सहरी विकास मन्त्री मोहम्मद स्तियाक राईले एक क्याफे उद्घाटन गर्नु भएको छ । बुधबार साझ ८ बजे नेपालगन्ज सदरलाइन रोडमा सुरु गरिएको युनिक पोइन्ट चाय सुक्टा क्याफे उद्घाटन गर्नु भएको हो ।
मो. वसिम शेष संचालक रहेको सो क्याफेमा चिया, कफि, दूध दही लगायतका चिज सस्तो मुल्यमा पाइने संचालक शेषले बताउनु भयो । काठमाडौंबाट नेपालगन्ज पुग्दा पुग्दै पुर्व मन्त्री मो. राईलाई जनता समाजबादी पार्टीका दर्जनौं नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । नेता राईले मुखैमा रहेको होलि पर्वको शुभकामना दिनु भयो । शुभकामना दिदै नेता राइले सम्पुर्ण बाँके जिल्ला र नेपालगन्ज उपमहानगर बासीको जीवन रंगिन होस भन्नु भयो । चुनाव नजिकिदै गर्दा आफ्न नेता कार्यकर्ताहरुलाइ जनताको सेवामा लाग्न निर्देशन समेत दिनु भएको थियो ।

Next Post

एक पटकमा २ सय मेट्रिकटन सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने कार्य विधि

२०७८ चैत्र ३, बिहीबार ११:३९
संवाददाता । सरकारले एक पटकमा २ सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरिच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्य विधि जारी गरेको छ । मन्त्रिपरिषदबाट १० माघमा स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिज्य विभागले आयात इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो […]

सम्बन्धित शीर्षक