‘नेपालगन्जको त्रिभुवन चौकमा राजनीतिक ज्वारभाटा : नेकपाको एकता सन्देश सभामा १० हजारभन्दा बढी को भीड जुटाउने तयारी’

  ।   २०८२ मंसिर २३, मंगलवार १९:१०

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले मंसिर २५ गते नेपालगन्जको त्रिभुवन चौकमा आयोजना हुने एकता सन्देश सभालाई ऐतिहासिक बनाउने लक्ष्यसहित तयारी तीव्र पारेको छ।

सभालाई सफल र प्रभावकारी बनाउन जिल्लाका ८१ वटै वडामा संयुक्त बैठक सम्पन्न गरिएका छन्। प्रचार–प्रसारका लागि वडादेखि पालिका स्तरसम्म संयोजन गर्दै संगठित अभियान अघि बढाइएको नेता नरेन्द्र पाण्डे ‘जेम्स’ले बताउनु भयो । उहाँका अनुसार, वडास्तरमा कार्यकर्ताहरू परिचालन, आमन्त्रण कार्यक्रम, घर–घर सम्पर्क तथा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाहलाई तीव्र गरिँदैछ। सभालाई भव्य बनाउन बिविध कार्यस्वरूपका उपसमितिहरू समेत गठन गरिएका छन्।

कार्यक्रममा पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मुख्य वक्ता रहनुहुनेछ । यस्तै, पुर्व मन्त्री शक्तिबहादुर बस्नेत, नेता कर्णजित बुढाथोकी लगायतले सम्बोधन गर्ने पनि तयारी गरिएको नेता दिपक जिएमले जानकारी दिनुभयो ।

पार्टी नेताहरूका अनुसार, त्रिभुवन चौकको परिवेश मंसिर २५ मा राजनीतिक ज्वारभाटाले भरिने छ। सभामा १० हजारभन्दा बढी सहभागी जुटाउने लक्ष्यसहित सबै संरचना र संयन्त्र सक्रिय रहेको बताइएको छ।

Next Post

अबको युग महिलाको : रुकुम पश्चिमबाट संघीय निर्वाचनमा लक्ष्मी पुनको दाबी

२०८२ मंसिर २३, मंगलवार १९:१०
सबिता चन्द ठकुरी बाँके । रुकुम पश्चिमको राजनीति अहिले असाधारण ढंगले उकुसमुकुस भइरहेको छ । चुनाव नजिकिँदै गर्दा सडकदेखि बैठकखानासम्म एउटा नाम बारम्बार उच्चारण भइरहेको छ— लक्ष्मी पुन। विगत धेरै वर्षसम्म पार्टीभित्रका पहुँचवादी दायराले उहाँलाई बारम्बार पछाडि धकेले पनि यसपटक उहाँ दृढ र निडर रूपमा अगाडि उभिनु भएकोछ । उहाँको […]