सल्यानमा चार करोडको अदुवा निकासी

  ।   २०७७ चैत्र ३, मंगलवार ०७:१९

सल्यान । सल्यानबाट चालु आर्थिक वर्षमा चार करोडको बुर्नी अदुवा निकासी भएको छ। कृषि विकास कार्यालयका अनुसार ८२५ मेट्रिक टन अदुवा उत्पादन भएको छ।

बेमौसमी उत्पादन भएकाले किसानहरुले बुर्नी अदुवाले राम्रो मूल्य पाएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए। उत्पादित अदुवामध्ये पाँच मेट्रिक टन सल्यानमा नै खपत भएको र बाँकी ८२० मेट्रिक टन जिल्लाबाहिर निकासी भएको छ। जसबाट चार करोड एक लाख रुपैयाँ आम्दानी भएको छ।

सल्यानमा गत आर्थिक वर्ष एक हजार ७२० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट २५ हजार ८०० मेट्रिक टन उत्पादन भएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम तथा कृषि विकास कार्यालयकै विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरुलाई आकर्षित गर्ने कार्यक्रम गरी रहेता पनि मुल्यको उचारचढावका कारण किसान निरुत्साहित हुँदै गइरहेका छन्।

थाहा खबर

Next Post

एन्फा प्रेसिडेन्ट लिगमा बाँकेको धम्बोझी र धादिङ समाज विजयी

२०७७ चैत्र ३, मंगलवार ०७:१९
संवाददाता, नेपालगन्ज। लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुआत गरेका छन । धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२ औं मिनेटमा गोल […]