बाँके । योग समिति बाँकेका सदस्यहरुको एक दिने सन्देश मुलक बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
योग समितिका गुरु गिरिराज भट्टराईको अध्यक्षतामा भएको बनभोज कार्यक्रममा सहभागी हुन पुग्नु भएका नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले योग गर्नेहरुका बिचमा अझ प्रगाढ माया र भाइचाराको सम्बन्ध स्थापना गर्न तथा सामाजिक चेतना र सेवाको भावनालाई एकै शुत्रमा बाध्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निवार्ह गर्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
उहाँले योग विज्ञान शिविरले योगप्रतिको आकर्षणलाई थप विस्तार गरेको भन्दै योगले व्यक्तिलाई स्वस्थ, निरोगी तथा असल भावनाको विकास गराउने भएकाले सबैले योग गर्नुपर्ने बताउदै अध्यक्ष शाहले योगाको कार्यक्रम नरैनापुरमा पनि राख्न आग्रह गर्दै योग समितिलाई पालिकाका तर्फबाट अवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
योग समितिले आयोजना गरेको १२ घण्टे घुम्ती नागरिक अयोग्य योग विज्ञान शिविरमा ६ वटा समुह निर्माण गरि भएको खेलमा लोक माया सुवेदी (सुमित्रा) ले नेतृत्व गरेको समुह प्रथम भएको थियो भने बिजयी भएको समुहलाई नगद ३ हजार रुपैयाँ बाट पुरस्कृत गरिएको थियो ।
शिविरका सहभागीहरुले योगले शरीरलाई स्फूर्ति प्रदान गर्ने भन्दै शिविर फलदायी भएको बताउनुभयो ।