बर्दियाका किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी प्रशिक्षण दिईयो

  ।   २०८१ जेष्ठ १६, बुधबार २१:४१

नेपालगन्ज,  । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी मैत्री विश्वब्यापी हातेमालो भन्ने मुल नाराका साथ बर्दियामा किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

गुलरिया नगरपालिका भित्रका किशोरी क्लवका किशोरीहरुकालागि महिनावारी स्वच्छता सम्बन्धी एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लवद्धारा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई मर्यादित महिनावारीको अभियान संचालनकालागि सो कार्यक्रम संचालन गरिएको परियोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।उहाँले महिनावारीको विषयमा समुदायमा विद्यमान रहेको नकारात्मक धाराणाहरुलाई चिर्दै सकारात्मक सोचको विकास गर्न कार्यक्रम सञ्चालन गरिएको जनाउँदै यसबाट विभिन्न नकारात्मक धारणा, सोच, व्यवहार र जीवनशैलीलाई परिवर्तन गर्न किशोरीहरुको माध्यमद्धारा समुदायमा सचेतना फैलाउनु रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण बर्दिया जिल्ला अस्पतालका डा. सुनिता भण्डारीले गर्नु भएको थियो भने कार्यक्रममा ४० जना किशोरीहरुको सहभागीता रहेको थियो ।

डा. भण्डारीले महिनावारीको आवश्यकता, महिनावारी चक्र, महिनावारीको बेलामा प्रयोग गरीने प्याड तथा ट्युव प्रयोग गर्ने तरिका, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, पेट दुखाइ तथा कालो डल्लो रगत बग्ने समस्याको व्यवस्थापन र औषधि सेवको प्रकृया, पोषण तथा सरसफाइ र स्वच्छताको व्यवस्थापन एवम् महिनावारी सम्बन्धी नकारात्मक भ्रम र अन्ध विश्वास लगायतका महिनावारी सम्बन्धी विविध विषयमा किशोरीहरुलाई अभिमुखीकरण गर्नुभयो । सो अवसरमा किशोरीहरुलाई महिनावारी सम्बन्धमा उनिहरुले भोगेका समस्याहरु प्रति स्वास्थ्य परामर्श समेत उपलब्ध गराइएको थियो ।

गुलरिया नगरपालिकाका नगर उपप्रमुख साबित्रा गौतमको अध्यक्षता र महिला तथा बालबालिका शाखा प्रमुख शिला साहको उपस्थिीतीमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख गौतमले आफ्ना अनुभवहरु सुनाउँदै समुदायमा घटेका थुप्रै घटनाहरुको उदाहरण सहित महिनावारी भएको वेला स्वास्थ्य, सरसफाई र खानपिनमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।उहाँले किशोरी क्लवका प्रतिनिधिहरु मार्फत गाँउ गाँउमा सो बारेमा सचेतना जगाउन पालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सशक्त बालिका परियोजना’ मार्फत बर्दियाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, तथा बढैयाताल गाँउपालिकामा विगत लामो समयदेखि गुणात्मक शिक्षाको विकास, स्वास्थ्य, सरसफाई, बालविकास, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, पोषण एवम खानेपानी, सरसफाइ तथा स्वच्छतालगायतका क्षेत्रमा काम गरिंदै आएको छ ।सोही परियोजना अन्तर्गत महिनावारीको वातावरण र सोच र धारणामा परिवर्तन गर्नकालागि समुदायमा बुबा समुह, धार्मिक अगुवा, पुरोहित, वर्डघर, मिडियाकर्मी लगायतलाई नियमित रुपमा अभिमुखिकरण गर्दै आएको जानकारी परियोजनाका कार्यक्रम अधिकृत ईश्वर बिकले दिनुभयो ।

कार्यक्रममा परियोजनाका फिल्ड सुपरभाईजर नग्मा मनिहार र भगवती विकको पनि सहभागिता रहेको थियो ।

Next Post

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

२०८१ जेष्ठ १६, बुधबार २१:४१
सिन्धुपाल्चोक, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका […]