ग्रामिणमुखी अभियान संचालन गर्न सुझाव

  ।   २०७८ आश्विन ४, सोमबार १८:१०

संवाददाता, नेपालगंज ।

सार्वजनिक सवालमा ग्रामिणमुखी अभियान संचालन गर्नुपर्ने सुझाव दिईएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभाका सहभागिहरुले संस्थाले संचालन गर्ने अभियानलाई गाउँस्तरसम्म पुरयाउनुपर्नेमा जोड दिदै यस्तो सुझाव दिएका हुन ।

संस्थाले प्राय सार्वजनिक सरोकारका सवालको उठान तथा निरन्तर खबरदारीले कार्यन्वयनमा मद्दत पुगेको भन्दै यस्ता अभियान ग्रामिण क्षेत्रमा संचालन गर्नुपर्नेमा जोड सहित सुझाव दिईएको हो ।

संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनमाथी सल्लाह सुझावसंगै समिक्षा गरिएको छ ।

साधारण सभामा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल बारका पुर्व केन्द्रीय उपाध्यक्ष प्रहलाद बहादुर कार्की, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य सुर्यलाल यादव, अवधी सांस्कृतिक प्रतिष्ठान नेपालगन्जका अध्यक्ष विष्णुलाल कुमाल, सिख्ख समुदायका अगुवा मधईसिंह सिख्ख लगायतले शुभकामना दिनुभएको थियो ।

Next Post

राप्ती सोनारी टुक्रिने हो त ?

२०७८ आश्विन ४, सोमबार १८:१०
खजुरा गाउँपालिका नगरपालिका र राप्तीसोनारी गाउँपालिका राप्ती र सोनारी दुई पालिका बन्ने राजपत्रमा उल्लेख छ । संवाददाता, नेपालगन्ज। ‘अबको स्थानीय चुनावमा बाँकेमा १ वटा गाउँपालिका थप र खजुरा नगरपालिकामा स्तरोन्नती । नयाँ संरचना अनुसार चुनावी तयारी थालौं’, सुशासन विज्ञ मीनबहादुर मल्लले १७ भदौमा फेसबुकमा लेखेको स्टाटसले बाँकेवासीलाई तरंगित बनायो । […]

सम्बन्धित शीर्षक