बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते

  ।   २०७७ पुष १९, आईतवार ०६:५७

दाङ । जंगली बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते भएका छन् ।

शनिबार दाउरा काट्न बकेन सामुदायिक वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिनुभयो ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहनु भएको छ । घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ । -उज्यालो अनलाइन

Next Post

मोटरसाईकल, साईकलमा राति ८ बजेपछि यात्रा गर्न प्रतिबन्ध

२०७७ पुष १९, आईतवार ०६:५७
कृष्टि चौधरी, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ। शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो। ‘मैले […]