नेपालगन्जका पत्रकार सिद्धिकीको अल्प आयुमै निधन

  ।   २०७८ असार २०, आईतवार २३:४१

बाँके । प्रेस संगठन बाँके कार्यसमिति सदस्य पत्रकार मोविनुद्धिन सिद्धिकीको अल्प आयुमै निधन भएको छ । उच्च रक्तचापको कारण हृदयघात भएर नेपालगन्ज मेडिकल कलेजमा आइतबार साझ ६:३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

पत्रकार महासंघ बाँकेका साधारण सदस्य समेत रहनुभएका स्वर्गीय सिद्धिकीका एक छोरा र एक छोरी रहेका छन् । आफन्तलाई भेट्न रुपैडिहा पुग्नु भएका स्वर्गीय सिद्धिकी एक्कासि बिरामी भएको स्रोतले जनाएको छ । अस्पताल ल्याएको आधा घण्टा भित्र पत्रकार सिद्धिकीको निधन भएको युथ टुडे न्युजका सम्पादक आलम खानले बताउनु भयो । खानले भन्नु भयो” भोलि उहाँ संग बसेर चिया खाने कुरो थियो । तर के गर्नु थाहा नै नदिइ चटक्कै छोडेर जानु भयो ।”

पत्रकार सिद्धिकीले पुर्‍याएको योगदानलाई सम्झिदै प्रेस संगठन बाँकेका संयोजक सामाजिक संजाल फेसबुकमा रुदै समवेदना ब्यक्त गर्नु भएको छ । संयोजक धितालले भन्नुभयो,” सबै क्षेत्रमा सहयोग गर्ने सकारात्मक सदस्यको मृत्युले संगठनलाई अपुर्णनिय क्षति भएको छ ।” पत्रकार सिद्धिकी प्रति सामाजिक संजाल फेसबुकमा श्रद्धाञ्जली दिनेहरुको लहर देखिएको छ ।

युथ टुडे न्युज डटकमका कार्यकारी सम्पादक समेत रहुनु भएका सिद्धिकी मिहिनेती र पौरखी व्यक्ती थिए ।  नेपालगन्ज -१ धम्बोझी निवासी पत्रकार सिद्धिकीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

Next Post

बाजुरामा एक सयभन्दा धेरै परिवारको जंगलमा बास, अस्थायी टहरा बनाउने प्रक्रिया सुरु

२०७८ असार २०, आईतवार २३:४१
बाजुरा । बाजुराको हिमाली गाउँमा पहिरोले घर भत्कने जोखिम भएपछि एकसय भन्दा धेरै परिवार विस्थापित भएका छन् । गाउँ मुनिबाट खनेको सडकले बस्ती भासिएपछि दुई वडाका एक सयभन्दा धेरै परिवार दुई हप्तादेखि विस्थापित भएका हुन् । विस्थापित परिवारका लागि अस्थायी टहरा बनाउने प्रक्रिया सुरु भएको छ । अहिले अस्थायी पाल […]