बाँके । बैजनाथ गाउँपालिका कृषि शाखाको सहकार्य र राष्ट्रिय कृषक समुह महासंघ नेपालको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिका का कृषकहरुलाई ५०% अनुदानमा मंगलबार देखि आँप र लिचिका बिरुवा बितरण शुरु गरिएको छ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख आतिथ्यता एवं कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा, राष्ट्रिय कृषक समुह महासंघ नेपालका उषा खत्री लगाएतको उपस्थितिमा कृषकलाई बिरुवा हस्तान्तरण गरिएको हो। सो कार्यक्रममा बोल्दै अध्यक्ष रुचालले राष्ट्रिय कृषक समुह महासंघ नेपाललाई धन्यवाद दिनुका साथै यस्तो सुनौलो अवसरले स्थानीय कृषकहरुलाई लाभ मिल्ने बताउनु भयो ।आगामी दिनमा पनि यसरी नै कृषक लक्षित कार्यक्रमलाई निरंतरता दिन महासंगलाई अनुरोध समेत गर्नु भयो।
बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले कृषकलाई उन्नत जातको आँपको बिरुवा ५ वटा र लिचिको बिरुवा ५ वटा गरि माग अनुसात ५ देखि १५ वटा बिरुवा प्रतिबिरुवा रु ६० तिरेर लिन पाउने ब्यवस्था गरिएको बताउनु भयो।