नेपालगन्ज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट युवा नेतृत्व, काममुखी व्यक्तित्व र सर्वसामुदायिक पहुँचका कारण चुनावी मैदानमा चर्चा बटुल्दै हुनुहुन्छ। आदिवासी, जनजाती, दलित, सिमान्तकृत, पिछडिएका, मधेसी र मुस्लिम सबै वर्गका मतदातासँग उहाँले व्यक्तिगत भेटघाट र संवाद गर्दै आफ्नो प्रतिबद्धता जनाउनुभएको छ।
स्थानीय समुदायका प्रतिनिधिहरूसँगको प्रत्यक्ष संवादमा बिष्टले क्षेत्रीय विकास, आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका विषयमा आफ्नो योजना स्पष्ट पार्नुभएको थियो। उहाँले भन्नुभयो, “मेरो अभियान सबै वर्गका जनताको जीवनस्तर सुधार र समान अवसर सुनिश्चित गर्ने उद्देश्यमा केन्द्रित छ। कुनै पनि समुदायको मागलाई नजरअन्दाज गरिने छैन।”
विशेषगरी मुस्लिम समुदायसँगको भेटघाटमा बिष्टले धार्मिक र सांस्कृतिक संवेदनशीलता र समुदायका सामाजिक आवश्यकता सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। यस्तै आदिवासी, दलित र पिछडिएका बर्गका समुदायसँगको भेटमा स्थानीय हितमा काम गर्ने वचन दिँदै सबैका विश्वास जित्न सफल भए।
स्थानीय विश्लेषकहरूका अनुसार, सबै समुदायसँग समान व्यवहार र पहुँचले दिपेन्द्र बिष्टलाई बाँके २ मा सर्वसामुदायिक उम्मेदवारको रुपमा मजबुत बनाएको छ। घरदैलो, टोल–टोल भेटघाट र सर्वसामुदायिक संवादले मतदातामा सकारात्मक प्रभाव पारेको छ र आगामी मतदानमा उहाँको अग्रता सुनिश्चित गर्ने संकेत देखिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार, बिष्टको उपस्थितिमा क्षेत्रको माहोल उत्साहित र सकारात्मक बनेको छ। युवादेखि वृद्ध, महिला, पुरुष र विभिन्न समुदायका प्रतिनिधिहरूले उहाँको नेतृत्व, प्रतिबद्धता र जनताप्रतिको लगावलाई मन पराउँदै समर्थनको आश्वासन दिएका छन्।
यो अभियानले स्पष्ट देखाएको छ—समानुपातिक र सर्वसामुदायिक दृष्टिकोणले दिपेन्द्र बिष्टले बाँके २ को मतदातामा विश्वासको पुल निर्माण गर्न सफल हुनुभएको छ, जसले चुनावी नतिजामा पनि निर्णायक भूमिका खेल्ने सम्भावना देखाउँछ।



