बाँकेका चार पालिकाका युवा अभियन्तालाई क्षमता विकास तालिम

  ।   २०७८ पुष ६, मंगलवार २०:०३

नेपालगञ्ज । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिम मंगलवार शुरु गरिएको क्लबले जनाएको छ ।

समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई सफल पार्न युवा अभियन्ताहरुका लागि तालिम शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । सो तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाबाट, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका अभियन्ताको सहभागिता रहेको छ । सो तालिमको प्रशिक्षक आशिस बर्मा रहनु भएको छ ।
सो तलिममा मानवबेचविखनका जोखिमताहरु, जोखिममा रहेका बालबालिकाहरुका आबश्यकताको पहिंचान, सहयोगका क्षेत्रहरु, जोखिम कम गर्ने उपायहरु, जोखिम अबस्थाका बालबालिका र परिवारको पहिंचान, त्यसका बिधीहरु लगायत समग्र बाल संरक्षणको बिषयहरुमा तालिम दिइने छ ।
तलिम उदघाटनको अवसरमा प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक सन्तोष पुलामी, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक विनिता आरसी, युनेस्को बाँकेका सल्लाहकार रुद्र सुवेदी लगायतको उपस्थिति रहेको परियोजनाका फिल्ड अफिसर शंकरसिंह थारुले बताउनुभयो । यसैविच मंगलवारनै बाँके युनेस्को क्लबले सोही परियोजना अन्तर्गत स्टिक एण्ड स्टोन सम्बन्धि तालिम दिएको खजुरा २ मा रहेको योगिनी मावि र वडा नम्बर ३ मा सामाजिक व्यवहार परिवर्तनको अनुगमन गरेको छ ।
क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीको नेतृत्वमा अनुगमनमा गएको टोलीमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, कार्यसमिति सदस्य फिरदौस जहाँ, परियोजनाका फिल्ड अफिसर शंकरसिंह थारु र रन्जना विकको सहभागिता रहेको थियो ।

अनुगमन टोलीले लक्षित वर्गलाई भेटेर कार्यक्रमको उपलब्धी बारे अनुगमन गरेको थियो ।

Next Post

वैशाख २० गते ७५३ वटा नै स्थानीय तहको निर्वाचन गर्ने तयारी

२०७८ पुष ६, मंगलवार २०:०३
संवाददाता । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । निर्वाचन आयोगले काभ्रेको धुलिखेलमा आजबाट सुरु भएको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरुसँग कार्यशाला गोष्ठि’ मा बोल्नुहुँदै थपलियाले अहिलेको जनप्रतिनिधिहरुको पाँच वर्षे अवधि पूरा हुँदै गरेको कारण आगामी २०७९ साल […]

सम्बन्धित समाचार