देशका विभिन्न ठाउँमा पश्चिमी वायुको प्रभाव, हल्का बर्षा सगैं हिमपात

  ।   २०७८ माघ २६, बुधबार १४:५४

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा पछिल्लो ३ घण्टामा नेपालको विभिन्न स्थानमा भइरहेको वर्षाको विवरण चित्रमा देखाईएको छ ।

संवाददाता, नेपालगंज ।

देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

यस्तै बाग्मती प्रदेश तथा प्रदेश नम्बर १ का थोरै स्थानहरुमा हल्का वर्षाको संम्भावना रहेको छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज बिहान ६ बजे जारी गरिएको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार, आजराती : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती र प्रदेश नम्बर १ को पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नम्बर १ का पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का हिमपातको संम्भावना छ । यस्तै माघ २७ गते (बिहीबार) दिउँसो देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भु–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संम्भावना रहेको छ ।

२७ गते राती प्रदेश नंम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भु–भागको मौसम आंशिक बदली रहनेछ ।

प्रदेश नम्बर १ का थोरै स्थानहरुमा हल्का वर्षाको संम्भावना रहेको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संम्भावना छ ।

माघ २८ गते (शुक्रबार) दिउँसो प्रदेश नंम्बर १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भु–भागमा मौसम सफा रहनेछ ।

प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संम्भावना रहेको छ ।

२८ गते राती प्रदेश नंम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भु–भागमा आंशिक बदली रहि बाँकी भु–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संम्भावना छ ।

Next Post

मुगुबाट प्रतिनिधित्व गर्ने वहालवाला सांसद बाँनियालाई बलात्कार गरेको आरोप

२०७८ माघ २६, बुधबार १४:५४
संवाददाता, नेपालगंज। कर्णाली प्रदेश अन्र्तगत पर्ने मुगुका समानुपातिक सांसद तथा पूर्वमन्त्री मोहन बाँनियालाई बलात्कार गरेको आरोप लागेको छ । आफुलाई बाँकेको नेपालगंज स्थित एक होटलमा सांसद बाँनियाले बलात्कार गरेको आरोप जुम्लाकी एक महिलाले लगाएकी हुन । आफुमाथी भएको बलात्कारको उजुरी ३ दिन सम्म पनि बाँके प्रहरीले दर्ता नगरिदिएको भन्दै विभिन्न […]